वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालय बैंकलाई मलेसियामा सम्पर्क कार्यालय खोल्न अनुमति

अर्थटुडे
२०७१ मंसिर ४, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई मलेसियामा सम्पर्क कार्यालय खोल्नका लागि अनुमति दिएको छ । हिमालयनले मलेसियामा सम्पर्क कार्यालय खोल्नका लागि त्यहाँको केन्द्रिय बैंकको अनुमति यसअघि नै पाइसकेको थियो ।

himalayan-bank-limited-job-vacancyबैंकले मलेसियामा सम्पर्क कार्यालय खोल्न राष्ट्र बैंकबाट अनुमतिका लागि धेरै अघि निवेदन दिएपनि वल्ल अनुमति पाएको हो । सम्पर्क कार्यालय खुलेपछि नेपाल र मलेसियाविच व्यापार तथा विप्रेषण बृद्धि हुने विश्वास बैंकले लिएको छ ।

बैंकले सम्पर्क कार्यालय खोल्नका लागि प्रक्रिया सुरु गरिसकेको छ ।

यसैगरी बैंकले अन्य मूलुकहरुमा समेत सम्पर्क कार्यालय खोल्ने र सम्पर्क कार्यालयको विश्वव्यापी सञ्जाल निर्माण गर्ने योजना समेत अघि सारेको छ ।

बैंकले हाल ५४ सय भन्दा बढी हिमाल रेमिट भुक्तानी केन्द्र रहेका छन् भने बैंकको नेपालभर ४२ वटा शाखा रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ