वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक दर्जन बैंक तथा फाइनान्सहरु घाटामा

अर्थटुडे
२०७१ मंसिर ५, शुक्रबार

काठमाडौं । एक दर्जन बैंक तथा वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिएको छ ।share losing चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेहरुमध्येमा तीनवटा वाणिज्य बैंकसहित केही विकास बैंक र फाइनान्स कम्पनीहरु खुद नोक्सानीमा देखिएका छन् । रियलस्टेट कर्जासँगै खराब कर्जाको मात्रा बढेका कारण ती संस्थाहरुमा खुद नोक्सानी बढेको हो ।

पहिलो त्रैमासिकमा वाणिज्यतर्फ ग्राण्ड, प्रभु र सिभिल बैंकको खुद नोक्सानी झण्डै ४० करोड रुपैयाँ पुगेको छ । ग्राण्डले मात्र पहिलो त्रैमासिकमा २८ करोड छ लाख ३० हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

रियलस्टेट कर्जा, प्रोभिजन र निष्क्रिय कर्जा बढेपछि बैंक खुद नोक्सानीमा गएको हो । गत आवको पहिलो त्रैमासिकमा ग्राण्डले पाँच करोड ७४ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

गत आवको पहिलो त्रैमासिकमा दुई दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकमा यसको अनुपात बढेर २५ दशमलव ४९ प्रतिशत पुगेपछि अत्यधिक घाटामा गएको हो । चुक्ता पुँजी दुई अर्ब रुपैयाँ मात्र रहेको बैंकले पहिलो त्रैमासिकमा १५ अर्ब ५४ करोड ८० लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब छ करोड छ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

रियलस्टेटमा मात्र दुई अर्ब ४४ करोड तीन लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले गत आवको सोही अवधिमा १९ अर्ब ८५ करोड ५४ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ७१ करोड ७२ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो अवधिमा बैंकले रियलस्टेट क्षेत्रमा तीन अर्ब १० करोड १४ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

प्रभु बैंकमा पनि निष्क्रिय कर्जाको अनुपात उच्च रहेको छ । पहिलो त्रैमासिकमा बैंकको निष्क्रिय कर्जा बढेर १५ दशमलव ६५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा सात दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकले चालू आवको पहिलो त्रैमासिकमा ११ करोड ६८ लाख ३२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

चुक्ता पुँजी तीन अर्ब २० करोड ८८ लाख ८५ हजार रुपैयाँ रहेको बैंकले पहिलो त्रैमासिक अवधिमा ३१ अर्ब ६७ करोड ६४ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ९७ करोड ८५ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । रियलस्टेट क्षेत्रमा मात्र दुई अर्ब ६० करोड आठ लाख तीन हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा २४ करोड ७१ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा ४१ करोड १८ लाख ९४ हजार रुपैयाँ छुट्याएको बैंकले ‘राइट ब्याक’बापत १९ करोड ६८ लाख ३६ हजार रुपैयाँ प्राप्त गरेको भए पनि खराब कर्जामा खासै सुधार देखिएको छैन ।

गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड २४ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले पनि चालू आवको पहिलो त्रैमासिकमा ९६ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । चुक्ता पुँजी दुई अर्ब ६९ करोड ८९ लाख २५ हजार रुपैयाँ रहेको बैंकमा रियस्लेट कर्जाको अनुपात बढेसँगै खुद नोक्सानीमा गएको हो ।

चालू आवको पहिलो त्रैमासिकमा २३ अर्ब ९८ करोड ५४ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले उक्त अवधिमा २० अर्ब ५० करोड ९७ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । कुल कर्जामध्ये रियलस्टेट क्षेत्रमा मात्र बैंकले एक अर्ब ९५ करोड ९६ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा रियस्लेटट क्षेत्रमा बैंकले एक अर्ब ८० करोड ५४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

विकास बैंकतर्फ यती डेभलपमेन्ट बैंक पनि चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सात करोड ६७ लाख ८७ हजार रुपैयाँ खुद नोक्सानीमा गएको छ । चुक्ता पुँजी एक अर्ब ३८ करोड ६२ लाख ३३ हजार रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पनि ३२ करोड ४५ लाख १२ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।

चालू आवको पहिलो त्रैमासिकमा बैंकले सात अर्ब नौ करोड ४६ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९३ करोड ३२ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । रियलस्टेट क्षेत्रमा मात्र ४३ करोड ३४ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले उक्त अवधिमा सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा नौ करोड ७३ हजार रुपैयाँ छुट्याएको छ ।

पहिलो त्रैमासिकमा ९० लाख ४० हजार रुपैयाँ ‘राइट ब्याक’ गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात १६ दशमलव ६७ प्रतिशत रहेको छ । यसैगरी फाइनान्स कम्पनीतर्फ पनि नेपाल फाइनान्स, नेपाल आवास फाइनान्स र काठमाडौं फाइनान्स खुद नोक्सानीमा रहेका छन् ।

चालू आवको पहिलो त्रैमासिकमा नेपाल फाइनान्सले एक करोड ७६ लाख ९० हजार, काठमाडौं फाइनान्सले ६० लाख नौ हजार तथा नेपाल आवास फाइनान्सले ४६ लाख ९० हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ