वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘पल’ लिएर आए बैंकर गुरुङ

अर्थटुडे
२०७१ मंसिर ६, शनिबार

काठमाडौं । बैकर गोविन्द गुरुङको तेस्रो गिति संग्रह ‘पल’ बजारमा आएको छ । गीति संग्रहको शुक्रबार नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, उपकुलपति शम्भुजित बास्कोटा, सदस्य सचिव गणेश रसिक र सिभिल बैंकका प्रमूख कार्यकारी अधिकृत किशोर महर्जनले संयुक्त रुपमा विमोचन गरे ।1 उनले यस अघि खुदी बजार र परिचय गरी दुई वटा एल्वम बजारमा ल्याईसकेका छन् ।

 

कार्यक्रममा गायक गुरुङले पहिले आफूपनि व्यवसायिक रुपमा नै संगित क्षेत्रमा लाग्ने सोच बनाएपनि पछि बैंकर बनेको बताए ।

गुरुङले आफ्नो एल्वम विक्रिबाट उठेको सम्पुर्ण रकम गाउँको विद्यालयमा खर्च गर्ने बताए । उनले गोविन्द विमला च्यारिटी फाउण्डेसन नामक संस्था खोलेर समाजसेवा गर्ने बताउँदै भने “अहिले म र अन्य दुई जना सुमन न्यौपाने र प्रविण पोखरले मिलेर लमजुङ जिल्लाको शान्तिपूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गरेका छौ”।

उनले आफ्नो रुचि संगितमा भएपनि बैकिङ क्षेत्रको कामलाई पूरै समय दिएको बताए । “मेरो कार्यालयमा सम्पुर्ण सहयात्री साथिहरु निक्कै सहयोगी छन् जसको कारण मैले यो सफलता पाएको हुँ” । उनले अघि थपे “यस एल्वम निकाल्नुमा म जत्तिकै मेहनत मेरी श्रीमतिको पनि रहेको छ ।”

कार्यक्रममा उपकुलपति सरुभक्तले गायक गुरुङको संगितप्रतिको लगावको प्रसंसा गरे । उनले गुरुङको गित कर्णप्रिय र स्तरीय रहेको बताए । सो एल्वम “पल”मा ९ वटा गितहरु रहेका छन् । ९ वटा गित मध्ये ६ वटा गितको रचना र संगित गुरुङ आफैल गरेका हुन् भने बाँकी ३ वटा चलचित्र निर्देशक तुलसी घिमिरे, ललिजन रावल र राजु थापाले गरेका हुन् ।

सो एल्वममा सात वटा गित गूरुङ आफैले गाएका छन् भने बाँकी दुई वटा विशाल तमाङ र दृष्या गूरुङले गाएका छन् । ओरालीमा….. भन्ने बोलको गितमा भने गूरुङलाई अन्जु पन्तले साथ दिएकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ