वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजारभाउ थेग्न नसकिने गरी महंगियो, ९.७% मुल्यवृद्धी, सबैभन्दा महंगो तरकारी र फलफुल

अर्थटुडे
२०७१ जेष्ठ २९, बिहीबार

काठमाडौं । सर्वसाधारण उपभोक्ताले थेग्नै नसकिने गरी मुल्यवृद्धी भएको भएपनि  नेपाल राष्ट्र बैंकको तथ्याङकले भने ९.७ प्रतिशत मात्र देखाएको छ  ।  राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक विवरण अनुसार मुल्यवृद्धीदर   ९.७ प्रतिशतले बढेको छ । अघिल्लो आवको यहि अवधिमा मुल्यवृद्धीदर ८.७ प्रतिशत रहेको थियो ।

Kalimati-Bazaarकेन्द्रीय बैंकका अनुसार सबैभन्दा बढी खाद्य तथा पेय पदार्थ अन्र्तगत तरकारीको मुल्य ३१ प्रतिशतले वृद्धी भएको छ । यसैगरी सुर्तीजन्य र मदिराजन्य पदार्थको २५.३ प्रतिशत र २२.५ प्रतिशतले वृद्धि भएको छ । फलफूल र मासु तथा माछाको मूल्य १५.८ र १३.७ प्रतिशतले वृद्धि भएको छ ।

चिनी तथा मिठाईको मुल्य भने १.८ प्रतिशतले घटेको छ ।

क्षेत्रगत आधारमा भने सबैभन्दा बढी तराईमा १०.४ प्रतिशत, काठमाडौं उपत्यकामा ९.९ प्रतिशतले र पहाडमा ८.६ प्रतिशतले मूल्यवृद्धी भएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन ११.६ प्रतिशत (रु. १३७ अर्ब ४७ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप परिचालन ८.३ प्रतिशत (रु. ८४ अर्ब ११ करोड) ले बढेको थियो । वार्षिक

विन्दुगत आधारमा २०७१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन २१.० प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेप परिचालन १०.९ प्रतिशतले, विकास बैंकहरुको १८.८ प्रतिशतले र वित्त कम्पनीहरुको ५.० प्रतिशतले बढेको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको कर्जा तथा लगानी ११.९ प्रतिशत (रु. १३६ अर्ब ६६ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा तथा लगानी १५.७ प्रतिशत (रु. १५१ अर्ब ६२ करोड) ले बढेको थियो । समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा तथा लगानी ११.७ प्रतिशतले, विकास बैंकहरुको १८.० प्रतिशतले र वित्त कम्पनीहरुको ३.९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ