वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सार्क क्षेत्रको विकासको लागि क्षेत्रीय व्यापारमा बृद्धि गर्नुपर्छ:मन्त्री पाण्डे

अर्थटुडे
२०७१ मंसिर ७, आईतवार

काठमाडौं । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले क्षेत्रीय व्यापारमा बृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । १८ औं सार्क शिखरको पूर्वसन्ध्यामा काठमाडौंमा सुरु भएको दुई दिने Mahendra-Bahadur-Pandey डिपिङ इकोनोमिक कोअपरेसन इन साउथ एसिया एस्पेक्टेसन फ्रम सार्क कार्यक्रममा मन्त्री पाण्डेले व्यापार र यातायात सुविधामा सहजिकरण गर्दै क्षेत्रीय व्यापारमा वृद्धि गर्नुपर्नेमा जोड दिए।
मन्त्री पाण्डेले आर्थिक सहयोग र लगानीसँग सम्बन्धित विषयमा केही चनाखो भएर कदम चाल्ने हो भने प्रत्यक्ष विदेशी लगानी भित्र्याउन थप सहज हुने बताए । मन्त्री पाण्डेले व्यापार सेवामा सार्क राष्ट्रबीच भएका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेलले सरकारले आर्थिक रुपमा संभाव्य क्षेत्रको पहिचान गरी विकासका काम अघि बढाइरहेको बताउँदै व्यापार सहजीकरण गर्नुपर्ने बताए । दक्षिण एसियामा ऊर्जाको प्रचुर संभाव्यता छ उनले भने— नेपाल र भारतबीच उर्जासम्बन्धी भएका केही सहमति सकारात्मक भएको बताए।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले दक्षिण एसियाली क्षेत्रमा व्यापार सहजीकरणको लागि धेरै समस्याहरु रहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ