वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डिम्याट भएका सेयरको धितोमा कर्जा उपलव्ध गराउन राष्ट्र बैंकको निर्देशन, सो निर्देशनपछि सेयर बजार बढ्न सक्ने

अर्थटुडे
२०७१ मंसिर ७, आईतवार

काठमाडौं । डिम्याट (विद्युतीय अभिलेखरअभौतिक) भएका सेयरको धितोमा कर्जा पाउँने आँशामा बसेका लगानीकर्ताहरुलाई खुसीको खवर छ । नेपाल राष्ट्र बैंकले डिम्याट भएका सेयरको धितोमा कर्जा पाउँने व्यवस्था गरेको छ ।

आइतबार राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई परिपत्र जारी गरेर यस्तो व्यवस्था गरेको हो । सेयर बजार घट्नुको कारण पनि डिम्याट भएका सेयरको धितोमा कर्जा नदिएका कारण पनि रहेको सेयर बजार विश्लेषकहरुको भनाई रहेको छ ।

राष्ट्र बैंकले यसअघि एकिकृत निर्देशन २०७१ ले भौतिक सेयरको सक्कल प्रमाण पत्रको धितो राखेर र बीटी (ब्यांक ट्रान्सफर) रसिदको आधारमा मात्र कर्जा लिन पाउँने व्यवस्था गरेको थियो । यो निर्देशन सच्याउँदै नयाँ व्यवस्था गरेको हो ।
आगामी बैसाख दुर्ई गतेबाट डिम्याट भएका सेयरको मात्र कारोबार हुने व्यवस्था गरिएको छ ।

त्यसपछि बीटी रसिदको आधारमा कर्जा पाइने छै्न । यही कारण अहिले देखि नै कतिपय बैंक तथा वित्तीय संस्थाले ब्ल्यांक ट्रान्सफर (बीटी) रसिदको आधारमा नयाँ कर्जा जारी गर्न रोकेका छन । यसले पनि बजारमा लगानी बढ्न सकेको थिएन । राष्ट्र बैंकले सो निर्देशन जारी गरेपछि सेयर बजार बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ