वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंमा जापानी सांस्कृतिक प्रतियोगिता हुने

अर्थटुडे
२०७१ मंसिर ८, सोमबार

काठमाडौं । जापानी गीत सङ्गीतका नेपाली पारखीहरुका लागि काठमाडौंमा जापानी सांस्कृतिक प्रतियोगिता हुने भएको छ । यही मङ्सिर १३ गते शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सो प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा परम्परागत एवम् समकालीन जापानी लोक तथा आधुनिक गीत प्रस्तुत गरिने छ ।Japanese-Culture-1

सो प्रतियोगिता नेपालमा जापानी भाषा शिक्षण गरिरहेका व्यक्तिहरुको संस्था जापनिज ल्याङ्ग्वेज टिचर्स एसोसिएसन र जापानी दूतावासद्वारा आयोजना गरिने काठमाडौंस्थित जापानी दूतावासले जानकारी दिएको छ । सो प्रतियोगितामा जापानका कलाकारहरुका साथै जापानी भाषा जान्ने नेपाली कलाकर्मीहरुले प्रतियोगितात्मक रुपमा आफ्ना गीत सङ्गीत प्रस्तुत गर्नेछन् ।

जापानिज काराओके कम्पोटिसन २०१४ नाम दिइएको सो प्रतियोगिताले नेपाल जापान सांस्कृतिक सम्बन्ध विकासमा सहयोग पु¥याउने दूतावासले जनाएको छ । उक्त प्रतियोगिताको उद्घाटन जापानी राजदूत मासासी ओगावाले गर्नुहुने पनि जापानी दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ