वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कावेली ए मा विश्व बैंकले थप लगानी गर्ने

अर्थटुडे
२०७१ मंसिर ८, सोमबार

काठमाडौं । कावेली ए जलविद्युत आयोजनाको लागि विश्व बैंक समूह अन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनले थप चार अर्व ५३ करोड २० लाख रुपैयाँ (४६ मिलियन अमेरिकी डलर) दिन सहमत भएको छ ।world bank

सरकारलाई सो रकममध्ये ४० मिलियन ऋण र बाँकी ६ मिलियन अनुदानवापत सहयोग गरेका हुन् । सोमबार कावेली ए जलविद्युत आयोजनालाई सहयोग गर्ने सम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्रालयका सचिव सुमानप्रसाद शर्मा र विश्व बैंक नेपालका कन्ट्री म्यानेजर टकुया कमाटाले हस्ताक्षर गरेका छन् ।

३७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजना ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माण भइरहेको छ । यस्तै विश्व बैंक नेपालमा वायोग्यास प्रोजेक्ट विस्तारका लागि ७८ करोड नेपाली रुपैयाँ अनुदान दिन सहमत भएको छ। दुवै सम्झौतापत्रमा सोमबार हस्ताक्षर भएको हो । सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा बन्न लागेकोले सरकारको समेत प्राथमिकतामा परेको छ ।

अन्तराष्ट्रि वित्त निगम (आइएफसी) को पनि ३८.१२ मिलियन डलर तथा कावेली इनर्जी लिमिटेडको २२.९६ मिलियन डलर इक्विटी सेयर छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ