काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमवार रातिबाट लागु हुनेगरी पेट्रोलको दुई रुपैयाँ ५० पैसा र मट्टितेल तथा डिजेलको मूल्य दुई रुपैयाँले घटाएको हो । नयाँ मुल्य अनुसार अब उपभोक्ताले पेट्रोलको प्रतिलिटर १ सय २५ रुपैयाँ ५० पैसा र मट्टितेल तथा डिजेलका लागि ९९ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ ।
यसअघि पेट्रोलको मूल्य एक सय २८ रुपैयाँ तथा डिजेल र मट्टितेलको एक सय एक रुपैयाँ ५० पैसा थियो । पछिल्लोपछक निगमले पेट्रोलको भाउ दुई रुपैयाँ ४७ पैसा तथा डिजेल र मट्टितेलको एक रुपैयाँ ६७ पैसाले घटाएको थियो ।
निगमलले हाल अन्तर्राष्ट्रिय मूल्य अनुसार भाउ समायोजन गर्दै आएको छ ।
प्रतिक्रिया