काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लोपल्ट नेपाल भ्रमण गर्दा घोषणा गरेको एक खर्ब रुपैयाँको सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेबारे मंगलबार काठमाडौमा दुबै देशबीच सम्झौता हुने भएको छ । सम्झौताका लागि सबै तयारी पुरा भइसकेको र आज दुवै देशका अर्थसचिवले सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद देवकोटाले जानकारी दिए ।
प्रधानमन्त्री मोदीले अघिल्लोपल्टको भ्रमणताका संविधानसभाको सम्बोधनमा भारतले नेपाललाई बार्षिक एक प्रतिशत ब्याज दरमा सो सहुलियतपूर्ण ऋण दिने घोषणा गरेका थिए ।
ठूलो रकम भएकाले त्यसलाई कहाँ उपयोग गर्ने भन्ने बारेमा नेपालका अधिकारीहरुलाई गृहकार्य गर्न लामो समय लागेको थियो ।
अर्थ मन्त्रालयलका प्रवक्ता देवकोटाले सो रकम उर्जा, सडक र सिंचाईमा खर्च गरिने टुंगो लागेको जानकारी दिए । रकमबाट उर्जा उत्पादनका क्षेत्रमा ५० प्रतिशत तथा सडक र सिंचाईका क्षेत्रमा ५० प्रतिशत खर्च गरिने बताइएको छ ।
प्रतिक्रिया