वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सार्क शिखर सम्मेलनका विशिष्ट अतिथिहरु आज आउदै, एयपोर्टदेखि सोल्टी होटलसम्म यात्रा नगर्नु वेस

अर्थटुडे
२०७१ मंसिर ९, मंगलवार

काठमाडौं । १८ औं सार्क शिखर सम्मेलनमा भाग लिनका लागि सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुख आउने भएकाले मंगलबार एयरपोर्टदेखि सोल्टीमोडसम्म सवारीसाधन प्रभावित हुने भएको छ । विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म विशिष्ट अतिथीहरु आगमन हुने भएकाले मुल सडकमा सवारीसाधन निषेध गर्नुका साथै सडक छेउका घरको झ्याल बन्द गर्नुका साथै छतमा समेत प्रवेश निषेध गरिएको छ ।

SAARCमंगलबार सबैभन्दा पहिला श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षे विहान साढे नौ बजे काठमाडौंमा उत्रनेछन् । त्यसपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानी विहान १० बजेर ४५ मिनेटमा आउने कार्यक्रम रहेको छ ।

विहान ११ बजेर ४५ मिनेटको समयमा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे आउने छन् भने त्यसपछि माल्दिभ्सका राष्ट्रपति यामिन अब्दु गैयुम मध्यान्ह १२ बजेर ५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिउसो ३ बजेदेखि साढे ३ बजेको समयमा आउनेछन् । उनको विमान अवतरण गरेको केहि समय पछि नै पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ ३ बजेर ३५ मिनेटमा ओर्लने कार्यक्रम रहेको छ ।

सबैभन्दा ढिला बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सवा ४ बजे काठमाण्डौमा ओर्लने बताइएको छ ।

बिशिष्ट ब्यक्तिहरुको आगमनको समयमा मंगलबार अन्य उडानहरु पनि प्रभावित हुनेछन् ।

१८ औं सार्क शिखर सम्मेलनको औपचारिक उद्घाटन बुधबार आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री सुशिल कोइरालाले गर्ने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ