वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फ्रान्सको अल्काटेल वानटच मोबाइल नेपाली बजारमा

अर्थटुडे
२०७१ मंसिर ९, मंगलवार
काठमाडौं ।  नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्स ( एनजिइ सोलुसन्स)  प्रालिले नेपाली बजारमा फ्रान्सको ब्राण्ड अल्काटेल वानटच मोबाइल बजारमा ल्याएको छ ।  २ सयवटा भन्दा बढि देशमा कारोबार भइरहेको अल्काटेल वानटच नेपालमा एनजिइ सोलुसन्सले पहिलो चरणमा  ५ वटा मोडलहहरु ल्याएको हो ।
Alcatel One Touch Flash
नेपालमा भित्राइएका मोडलहरुमा बारफोनमा अल्काटेल १०४१ डी, स्मार्टफोनमा पप डि वान, पप डि थ्रि, पप डि फाइभ र पप सि सेभेन रहेका छन् । नेपाली मोबाइल बजारमा भित्राइएका यी मोडलहरुको मुल्य बारफोन  सिरिजको अल्काटेल १०४१ डी को मुल्य रु १ हजार ९ सय ९०,स्मार्टफोन अल्काटेल पप डि वानको रु ७ हजार ७ सय ७७, पप डि थ्रि को मुल्य  रु ९ हजार १ सय ८०, पप डि फाइभ को मुल्य रु १२ हजार ६ सय ९ र पप सि सेभेन को मुल्य १६ हजार ८ सय ४० रुपैयाँ एमआरपी रहेको जानकारी दिएको छ ।
२ हजार देखि १७ हजार नेपाली रुपैयाँ बजार मुल्य तोकेका यी स्मार्टफोन किन्दा उपभोक्तालाई  कम्पनीले फ्लीप कभर र ब्याक प्पानल फ्रि दिने भएको छ । कम्पनीले ल्याएको अल्काटेल पप सि सेभेन मा क्वाडकोर प्रोसेसर,१ जिबी र्याम,४जिबी इन्टरनल मेमोरी , ५ इन्च स्क्रिन, वाइफाई, ब्लुतुथ, थ्रिजी चल्ने, २००० एमएएच को ब्याट्री, गेस्ट मुड, नक नक सिस्टमबाट स्क्रिन खुल्ने लगायतका सुबिधा रहेका बताएको छ  ।
उपत्यका लगायत नेपालका मुख्य शहरमा अल्काटेल वानटचको कारोबार शुरु भइसकेको एनजिइ सोलुसन प्रालिका नेशनल सेल्स मेनेजर उमेश अधिकारीले जानकारी दिए ।
युरोपको प्रतिष्ठित ब्राण्ड अल्काटेल वानटच सुहाउँदो मुल्य सहित नेपाली  बजारमा प्रबेश गरेकोले स्मार्टफोन  प्रयोगकर्ताहरु यसबाट लाबान्भित हुने  एनजिई सोलुसन्सका प्रबन्ध निर्देशक शरद भट्टराईको बिश्वास रहेको छ ।
ALCATEL Onetouch POP D5
यो आर्थिक बर्षमा उपभोक्ताको मन जित्ने लक्षका साथ अगाडी बढेको बताउँदै कम्पनीका प्रबन्ध निर्देशक भट्टराइले  बिक्री पछिको सुबिधालाई ध्यान दिँदै कम्पनीले आफ्नो सर्भिस सेन्टर न्युरोडको ताम्राकार कम्प्लेक्स र सिभिल ट्रेड सेन्टरमा राखेको जानकारी दिए ।
एन्ड्रोइड जेलिबिन र किटक्याट भर्सनमा चल्ने यो स्मार्टफोनले युरोपियन देशमा आफ्नो प्रभुत्व जमाइसकेको छ भने बिश्व स्मार्टफोन बजारमा अग्रणी स्थान  ओगट्न सफल भईसकेको कम्पनीको दाबी छ ।
अल्काटेल वानटचका अन्य मोडलका स्मार्टफोन ल्याउने तयारी गरेको कम्पनीले केहि दिन भित्रै भब्य लँच गर्ने योजना बनाएको छ । नेपालका धनगढी, नेपालगंज, काठमाडौं, भक्तपुर, सुर्खेत, पोखरा, डुम्रे, नारायणघाट, हेटौंडा, बिरगंज, जनकपुर, बिराटनगर, दमक, बिर्तामोड, धरान लगायतका मुख्य शहरहरुमा  डिलर तथा सर्भिस हबहरु खोलिसकेको छ । लामो समयको अध्ययनपछि बजारमा ल्याइएको यो स्मार्टफोनले नेपाली बजारमा छिट्टै पहिचान बनाउँदै स्मार्टफोन पारखीको मन जित्न सफल हुने कम्पनीले बिश्वास  लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ