वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाणिज्य बैंकले इन्भेष्टमेन्ट बैंकको सेयर न्युनतम चार सयमा विक्रि गर्ने, कम्तिमा १०० कित्ता सम्म किन्नुपर्ने

अर्थटुडे
२०७१ मंसिर ९, मंगलवार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर चारसय रुपैयाँमा मात्र बेच्ने भएको छ । आफ्नो स्वामित्व (क्रस होल्ड) मा रहेको ० ५७ लाख ९० हजार कित्ता सेयर नविकेपछि १३० रुपैयाँ घटाएर विक्रि गर्न लागेको हो । rbb logoयसअघि प्रति कित्ता मूल्य पाँच सय ३० रुपैयाँ न्युनतम मुल्य राखेको वेला ११ लाख ८० हजार कित्ता मात्र विक्रि भएकोले अहिले मुल्य घटाएर विक्रि गर्न लागेको बैंकले जनाएको छ ।

विक्रिका लागि राखिएको सेयर मंसिंरको अन्तिम साताबाट विक्रि गरिने छ भने प्रतिकित्ता न्युनतम मुल्य चारसय रुपैयाँ रहने बाणिज्य बैंकका अध्यक्ष रेवतबहादुर कार्कीले जानकारी दिए ।

बजार हेरेर नै सो निर्णयमा पुगिएको कार्कीले जानकारी दिए । इन्भेष्टमेन्ट बैंकको सेयर न्युनतम एक सय कित्तासम्म खरीद गर्न सकिने छ भने सो सेयर विक्रिपछि बाणिज्य बैंकले कम्तिमा पनि साढे दुई अर्व रुपैयाँ पाउने छ ।

बैंकले नेपाल आवास फाइनान्सको सेयर पनि बिक्री गर्ने छ । कम्पनीको १९ हजार कित्ता सेयर बिक्री भइसकेको छ । अब एक लाख ७८ हजार कित्ता सेयर बिक्री गर्न बाँकी छ । बैंकले प्रति कित्ता एक सय एक रुपैयाँका दरले फाइनान्सको सेयर बिक्री गर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ