वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सार्क शिखर सम्मेलन काठमाडौंमा सुरु

अर्थटुडे
२०७१ मंसिर १०, बुधबार

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ( सार्क) को १८ औं शिखर सम्मलेन मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । सार्क सदस्य राष्टका राष्ट्र तथा सरकार प्रमुखहरुले आज काठमाडौको राष्ट्रिय सभागृहमा सम्मेलन शुभारम्भ गरे ।

SAARCसम्मेलनले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई सार्कको नयाँ अध्यक्षमा चयन गरेको छ । मालदिप्सका राष्ट्रपति अब्दुल यामिन गयुमले सार्कको नेतृत्व हस्तान्तरण गरे । उनले कोइरालाको कार्यकालमा सार्क अझै सफल हुने विश्वास ब्यक्त गरे ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले सार्कको उद्दे्श्य प्राप्त गर्न सदस्य राष्ट्रहरुबीच अरु बढी समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिदै नेपाल त्यसका लागि प्रतिबद्ध रहेको बताए ।

विहान साढे ९ बजेबाट सुरु भएको सम्मेलनमा सार्क राष्ट्रका प्रमुखहरु, उच्च सरकारी अधिकारी, पर्यवेक्षकहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ