वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डलर बेचेर ८३ अर्व भारु खरिद

अर्थटुडे
२०७१ मंसिर ११, बिहीबार

काठमाडौं । व्यापारलगायतका क्षेत्रमा भारतसँगको परनिर्भरता बढ्दै गएपछि नेपाललाई भारतिय रुपैयाँको चाप समेत बढ्दै गएको छ । भारत निर्यात गरेको रकमले आयात धान्न पुग्ने भारु अपुग भएपछि अमेरिकी डलर बिक्री गरी भारु खरिद गर्ने क्रम बढेको छ ।

doller
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७१\७२ को असोजसम्म (तीन महिना)मा नेपालले ८६ करोड अमेरिकी डलर बिक्री गरी ८३ अर्व ६८ करोड भारु खरिद गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा तुलनामा यो वर्ष ४ करोड डलर बढी बिक्री गरेको हो । आव ०७०\७१ मा असोजसम्ममा केन्द्रीय बैंकले ८२ करोड डलर बिक्री गरी ८१ अर्व ५३ करोड भारु खरिद गरेको थियो ।

भारतबाट आयाय उच्च र निर्यात घट्दै गएपवछि व्यापारघाटा बढेर भारुको खरिद पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०६८\०६९ मा नेपालले २ अर्व ६६ करोड डलर खर्च गरी २ खर्व १३ अर्व भारु खरिद गरेकोमा आव २०७०\०७१ मा भने तीन अर्व १४ करोड डलर बिक्री गरी ३ खर्व ७ अर्व भारु खरिद गरेको राष्ट्र बैंकले जनाएको छ ।

भारतसँगको व्यापारघाटा बढ्दै गएपछि भारुको माग बढेको र त्यसलाई परिपूर्ति गर्न डलर खर्च गर्नुपरेको राष्ट्र बैैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठले बताए । “भारतसँग हाम्रो व्यापार, शिक्षा, स्वास्थ्यमा परनिर्भरता बढीरहेको छ” उनले भने, “हाम्रो निर्यातले भारुको माग धान्न नसकेकाले डलर खर्च गरेर भारु ल्याउनुपरेको हो ।” भारतिय मुद्रा सहज बनाउनका लागि केन्द्रीय बैंकले केही बस्तुहरु डलरमै आयात गर्नुपर्ने व्यवस्था थरेको छ ।

भारुको खर्चलाई नियन्त्रण गर्नका लागि राष्ट्र बैंकले भारु खरिदमा कडाइ गर्दै आएको छ । केन्द्रीय बैंकले आयाकर्तालाई बस्तु आयातको प्रतितपत्र र बिलका आधारमा भारु सटही दिने गरेको छ । त्यसैगरी अध्ययन, उपचार र भ्रमणमा भारत जानेलाई कोटाको आधारमा मात्र भारु सटही सुविधा दिने गरेको छ ।

निर्यातमा गिरावट आई आयात उच्च बृद्वी भएपछि ०७१ असोजसम्म व्यापारघाटा बढेर १ खर्व ६९ अर्व ७२ करोड पुगेको छ । ०७० असोजको तुलनामा घाटा २९.५ प्रतिशत बढेको छ । यस अवधिमा भारतसँगको व्यापारघाटा मात्र २८.४ प्रतिशतले बढेको छ । यसैगरी भारतबाट आयात २३.४ प्रतिशतले बढेको बेला निर्यात ६.४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ