वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डानिडा व्यवसायिक सहकार्य कायक्रम सम्बन्धी सम्झौता

अर्थटुडे
२०७१ जेष्ठ २९, बिहीबार

काठमाडौँ । ‘डानिडा व्यावसायिक सहकार्य कार्यक्रम’सम्बन्धी डेनमार्क र नेपालविच सम्झौता भएको छ । विहिबार सम्झौतापत्रमा नेपालका तर्फबाट अर्थमन्त्रालयका सचिव युवराज भुसाल र नेपालका लागि डेनिस राजदूत क्रिस्टेन गेलानबीच हस्ताक्षर भयो ।

सम्झौतापत्रमा नेपालका व्यावसायिक कम्पनीलाई सुधार गराउँदै नयाँ व्यावसायिक अवसर निर्माणका लागि डेनमार्कका व्यावसायिक संस्थाले आर्थिक र प्राविधिक पक्षमा सघाउने छन् ।

डेनमार्कले कृषि, स्वास्थ्य, सूचना प्रविधि, हस्तकला लगायत क्षेत्रका ४५ कम्पनीलाई सीप दिगो व्यावसायिक अभ्यास र क्षमता अभिवृद्धिका लागि सहयोग गर्दै आएको छ । सो हस्ताक्षर कार्यक्रममा अर्थ सचिव भुसालले सो सम्झौताबाट नेपालको निजी क्षेत्रको व्यवस्थापकीय सुधारमा योगदान पुग्ने बताए ।
राजदूत गेलानले डेनमार्कले नेपाली निजी क्षेत्रका कम्पनीलाई यस प्रकारको क्षमता वृद्धिका कार्यमा निरन्तर सघाउने बताउँदै यसबाट वैदेशिक लगानी आकर्षण गर्न र रोजगार सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह हुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ