वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबीको २१.०५ % लाभांस पारित

अर्थटुडे
२०७१ मंसिर १४, आईतवार

काठमाडौं । एनएमबी बैंकको बार्षिक साधारणसभाले सेयरधनीलाई २१.५ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ । उक्त लाभांसमध्ये २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश रहेको छ ।

NMB-bank-nepal-GA
बैंकको पूँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्धेश्यका साथ पूर्वाञ्चल क्षेत्रको पाथिभरा बिकास बैंक र पश्चिमाञ्चल क्षेत्रको भृकुटी डेभलपमेन्ट बैंक  एनएमबिमा गाभिने सम्बन्धि संझौतापत्रमा हस्ताक्षर भैसकेको छ ।

साथै बैंकले मलेशियामा सम्पर्क कार्यालय खोल्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पनि प्राप्त गरिसकेको छ ।

बैंकले ग्राहकको सुबिधालाई ध्यानमा राखी हाल सम्म २९ वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर र ३३ वटा एटिएम मार्फत सेवा प्रदान गरीरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ