वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जलस्रोत समितिले दोस्रो पटक बोलायो कार्कीलाई

अर्थटुडे
२०७१ मंसिर १४, आईतवार

काठमाडौं । संसदको कृषि तथा जलस्रोत समितिले अख्तियार प्रमूख लोकमानसिंह कार्कीलाई बोलाएको छ । lokmanआतबार बसेको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कावेली ए जलविद्युत आयोजना लगायत १४ वटा जलविद्युत आयोजनाहरुको दर्ता खारेज गर्न दिएको निर्देशन सम्बन्धमा आयोगको धारणा बुझ्नका लागि कार्कीलाई समितिले बोलाएको हो ।

यसअघि कार्कीले सुशासन तथा अनुगमन समितिमा मात्र जाने भन्दै जलस्रोत समितिमा जान मानेका थिएनन् । यसअघि सो समितिले कावेली ए को विषयमा सरकारसँग राय वुझिसकेको छ भने अख्तियारको पनि राय बुझ्नका लागि कार्कीलाई बोलाएको हो ।

कात्तिक ३० गते बसेको बैठकमा सभासद्हरुले आयोगले पठाएको पत्रप्रति कडा टिप्पणी गरेका थिए । त्यसैगरी समितिको आइतबार बसेको बैठकले माथिल्लो कर्णाली तथा अरुण तेस्रो जलविद्युत आयोजनाको परियोजना विकास सम्झौताको कार्यान्वयनका सन्दर्भमा प्रगतिको अवस्था तथा समस्याको बारेमा उपस्थित भएर जानकारी गराउन लगानी बोर्डलाई निर्देशन दिएको छ ।

त्यस्तै समितिले पश्चिम सेती परियोजनालाई अगाडी बढाउने संयुक्त बैठक गर्न उर्जा मन्त्रालय र लगानी बोर्डलाई पनि निर्देशन दिएको छ । यो आयोजना बनाउन चिनियाँ कम्पनी थ्रि गोर्जेजको सहायक कम्पनी सिडब्लुसीले उर्जा मन्त्रालयसँग समझदारी गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ