वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धितोपत्र बोर्डका निर्देशक गिरी भन्छन् : रिक्स मुल्यांकन गरी ब्याकअप बनाएर मात्र बजारमा आउनुपर्छ

अर्थटुडे
२०७१ मंसिर १४, आईतवार

हामीले यही बजार सुचक ११ सय अंकमा पुगेर फेरी २ सय ९२ सम्म पनि घटेको देखेका छौं । त्यसैले सेयर बजारमा आउनुअघि यसको रिक्स हेरेर मात्र आउनुपर्छ ।


तर हामीकहाँ लोन लिएर मार्केटमा सेयर किन्छन् । त्यसपछि बजार घट्ने वित्तीकै बैंकबाट मार्जिन कल आउन थाल्छ । त्यसपछि ल बजार घट्यो, खत्तम भयो, संसारै डुब्यो भनेर हल्लीखल्ली चल्छ । यसबाट बजारमा बिक्री गर्नेहरुको चाप बढ्दा ओरालो लागेको बजार झन् उच्च अकंले झर्छ ।


हामीकहाँ बजारलाई विभिन्न जामा लगाएर विश्लेषण गर्ने चलन छ । जस्तो बजार अलिकति घटबढमा राजनीतिक कारण भन्दै विश्लेषणहरु संचारमाध्यममा सार्वजनिक हुन्छ । त्यसले भरखरै बजारमा प्रवेश गरेकालाई अन्यौल सिर्जना गर्छ ।

niraj5

निरज गिरी निर्देशक, धितोपत्र बोर्ड

हाम्रा लगानीकर्ताहरु बजार भनेको घट्नै हुदैन भन्ने कन्सेप्टमा देखिएका छन् । उनीहरुमा बजार थोरैल घट्ने बित्तीकै डराईहाल्ने नेचर छ । बजारको नेचर भनेकै घटबढ भइरहन्छ । सधै माथी मात्र जादैन बजार । हामीले यही बजार सुचक ११ सय अंकमा पुगेर फेरी २ सय ९२ सम्म पनि घटेको देखेका छौं । त्यसैले सेयर बजारमा आउनुअघि यसको रिक्स हेरेर मात्र आउनुपर्छ । 


लगानी भनेको बचत पनि हो । तर हामीकहाँ लोन लिएर मार्केटमा सेयर किन्छन् । त्यसपछि बजार घट्ने वित्तीकै बैंकबाट मार्जिन कल आउन थाल्छ । त्यसपछि ल बजार घट्यो, खत्तम भयो, संसारै डुब्यो भनेर हल्लीखल्ली चल्छ । यसबाट बजारमा बिक्री गर्नेहरुको चाप बढ्दा ओरालो लागेको बजार झन् उच्च अकंले झर्छ । लगानी गर्नका लागि बचत र लोनलाइ मिक्स गर्नुपर्छ । सबै ऋणमा मात्र सेयर कारोबार गर्छु भन्यो भने आफ्नो ऋणको जोखिम कति छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । हिसाव क्यालकुलेसन गर्न सक्नुपर्छ । त्यो हाम्रो मुख्य समस्या हो । लगानीकताहरु सेयर बढ्नै पर्छ भन्ने कन्सेप्ट बनाएर बसेका छन् । किन भने हामीकहाँ लगानीकर्ताहरु ऋण लिएर सेयर किनेका छन् । बढी लगानी बचतबाट गर्नुपर्छ । लोन लिएर बजारमा आउनेले रिक्सको मुल्यांकन गरेर त्यसका लागि ब्याकअप पनि हुनुपर्छ ।


हामीकहाँ बजारलाई विभिन्न जामा लगाएर विश्लेषण गर्ने चलन छ । जस्तो बजार अलिकति घटबढमा राजनीतिक कारण भन्दै विश्लेषणहरु संचारमाध्यममा सार्वजनिक हुन्छ । त्यसले भरखरै बजारमा प्रवेश गरेकालाई अन्यौल सिर्जना गर्छ । जस्तो सरकार ढल्न लाग्यो भन्ने समाचार आउदा हाम्रो बजार बढेको हुन्छ । मुख्य कुरा बजारमा साना लगानीकर्ता र धेरै ऋण लिएर बजारमा प्रवेश गरेकाले सानो हल्लाले पनि आत्तिहाल्ने र सबै एकैपटक बेच्न आउने टे«नले बजार घटाउछ । बजारमा अनेक किसिमका हल्ला आउछन्, चलखेल गर्न खोच्छन्, विश्वव्यापी रुपमा नै यो बजारको नेचर नै हो । तर चनाखो भएर लगानी गर्नुपर्छ । एउटै मार्केट लगानीकर्ताको हेराई अनुसार फरक पर्छ । आफ्नो दृष्टीकोण र विश्लेषण हुन्छ । त्यसैका आधारमा नै बजार चल्छ ।


अहिले बजारमा सिडिएस लागू गर्ने विषयमा केही अन्यौल सिर्जना भएको हो । अब के हुन्छ होला भनेर लगानीकर्ता डराईरहेको अवस्था छ । तर अहिले बादल लाग्यो भनेजस्तै हो बादल हटेपछि सबै छलंङ हुन्छ । राष्ट्र बैंकले डिम्याट (अभौतिकरण) सेयर धितोमा कर्जा लगानी गर्न दिने व्यवस्था गरिसकेको छ । यसबारेमा अन्यौल हट्दै बजारमा विस्तारै कन्फिडेन्ट आउदै छ ।


विगतमा वित्तीय क्षेत्रमा नेपाल राष्ट्र बैंकको एक किसिमको दादागिरी जस्तै थियो । उसले सरोकारवाला पक्षसँग समन्वय नगरी एकपक्षिय रुपमा नीति निर्देशन जारी गर्दा केही समस्या हुने गरेको थियो । अहिले यो समस्या छैन । अर्थमन्त्रीको संयोजकमा उच्चस्तरिय समन्यव कमिटिमा सबै सरोकारवालाहरुको को–अर्डनिनेशन हुन्छ ।


धितोपत्र बोर्ड केही हदसम्म कमजोर हो । हामीले सुचिकृत कम्पनी, ब्रोकर, मर्चेन्ट बैंकर, म्युचुअल फण्ड लगायत ३ सय ५० भन्दा बढी संस्थाहरुलाई रेगुलेट गर्नुपर्छ । तर हाम्रो जनशक्तिको क्षमता न्युन छ । बोर्डमा कुल २८ जना कर्मचारीको दरवन्दी रहेकोमा १२ जना मात्र अफिसर लेभलका छौं । त्यसैले हामीले चाँहेअनुसार बजारलाई रेगुलेट गर्न सेकेका छैनौं ।

(बोर्डका प्रवक्ता समेत रहेका निर्देशक गिरीसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ