वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थतन्त्र सकारात्मक भएपनि चलखेलले सेयर बजार घटाइएको अर्थमन्त्रीको दावी

अर्थटुडे
२०७१ मंसिर १४, आईतवार

काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक भएपनि चलखेल गरेर सेयर बजार परिसुचक घटाइएको बताएका छन् । “अर्थतन्त्रका सबै सूचकहरु राम्रा छन्, सूचिकृत कम्पनीहरुको प्रतिफल पनि राम्रो छ, श्रम समस्या छैन, विदेशी लगानी बढिरहेको छ, निजी क्षेत्र उत्साहित छ” आईतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “यो अवस्थामा पनि किन सेयर बजार घटिरहेको छ, सरकारले अध्ययन गरिरहेको छ ।”

RamSharan-Mahatलगानीकर्ताहरुमा उत्साह आएका कारण धमाधम नयां नयां लगानीहरु हुन थालेका छन् । आर्थिक गतिविधिहरु बढेका छन् । सेयर बजारमा सूचीकृत कम्पनीहरुको कार्य प्रगति छिटपुट बाहेक राम्रो देखिएको छ । आगामी दिनमा आर्थिक गतिविधिहरु बढेसंगै तिनीहरुको आम्दानी पनि बढने देखिएको छ । त्यसैले सेयर बजारमा यसको सकारात्मक प्रभाव पर्नेछ । लगानीकर्ताहरु आत्तिनुपर्ने स्थिति नभएको अर्थ मन्त्रालयले जनाएको छ ।

यसैगरी अर्थमन्त्रालयले जनताको गुनासो सुन्नका लागि अनुगमन तथा मुल्यांकन महाशाखा अन्तर्गत “विगुल” नामको गुनासो व्यवस्थापन कक्ष स्थापना गरेको छ । जसमा १११८ नम्बरको टोल फ्री नम्बर, ०१(४२००४१८ नम्बरको साधारण टेलिफोन, इमेल [email protected], ०१४२००४६८ नम्बरको फ्याक्स, कार्यालय बाहेकको समयमा स्वत रेकर्ड गर्न मिल्ने भ्वाइस मेल सिस्टम तथा हुलाक मार्फत पत्राचार गरी २४ सै घण्टा र आफै उपस्थित भई व्यहोरा टिपाएर समेत जनताले सेवा लिन सकिने व्यवस्था गरीएको छ । साथै गुनासोकर्ताले आफनो नाम, ठेगाना सार्वजनिक गरेमा फरक नपर्ने भनेकोमा बाहेक निजको व्यक्तिगत विवरण गोप्य राखिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ