वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जियोनीको एमथ्री मोवाईल बजारमा, एकपटक चार्ज गरेपछि ३३ घण्टा कुरा गर्न सकिने

अर्थटुडे
२०७१ मंसिर १५, सोमबार

काठमाडौं । जियोनीले एम सेरिजको एम थ्री मोबाइल नेपाली बजारमा ल्याएको छ । लामो समय टिक्ने दाबी गरिएको ब्याट्री ५ हजार एमएएच रहेको कम्पनीले जनाएको छ । उक्त मोबाइलले ३३.७ घण्टासम्मको टक टाइम र ३२.८ दिनको स्ट्यान्डबाइ टाइम दिनेछ ।

giyoni mobile
यो मोबाइलमा १.३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, ५ इन्चको एचडी डिस्प्ले, डिटीएस साउन्ड, पछाडि ८ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेलको क्यामेरालगायतका विशेषता छन् ।

डिसेम्बरदेखि जियोनीका सबै डिलरमा यो मोबाइल उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ