वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्री डा.महतले भने —“राजनीतिको पछि लाग्दा देशको अर्थतन्त्र खराव भो”

अर्थटुडे
२०७१ मंसिर १५, सोमबार

काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले नेपालमा आर्थिक समाचारले प्राथमिकता नपाएको गुनासो गरेका छन् ।_DSC0211 सराजनीतिक सहमति नभएपनि त्यस्ता समाचारले प्रमुखता पाएको बताउँदै जव सम्म राजनीतिक समाचारले प्राथमिकता पाउँछ तव सम्म देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दैन ।

आर्थिक पत्रकार समाज (सेजन)को १७ औ स्थापना दिवसको अवसरमा उनले नेपाल आर्थिक विकासको बाटोमा अगाडि बढेको र पछिल्लो समयमा आएका ठुला लगानीले त्यसको पुष्टी गरेको बताए। वर्षको १०/११ अर्ब डरल लगानीको प्रतिबद्धता आउन थालेको छ यसले हामी विकासको गतिमा अघि बढेको प्रष्ट हुन्छ उनले भने ।

त्यसैगरी सो कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.चिरञ्जीवि नेपालले सार्क शिखर सम्मेलनपछि विश्व समुदायको अगाडि नेपाल लगानीका लागि उपयुक्त स्थानको रुपमा परिचित भएको बताए।

त्यस्तै सेजनले आफ्नो १७ औ स्थापना दिवस पारेर चारजना पत्रकारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा टेलिभिजनबाट ईमेज टेलिभिजनका हिमाल पौडेल, माउन्टेन टेलिभिजनका भागवत भट्टराई रहेका छने भने पत्रिकाबाट कान्तिपुर दैनिकका राजु चौधरी र नागरिक दैनिकका सुजन ओली रहेका छन् । उनीहरुलाई _DSC0619जनही नगद २५ हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रममा सेजनका अध्यक्ष विज्ञान अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य डा। चन्द्रमणि अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रंदिपजंग पाण्डे लगायतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ