वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिलको शाखारहित बैंकिङ जितपुर र परवानीपुरमा

अर्थटुडे
२०७१ मंसिर १५, सोमबार

काठमाडौ । सिभिल बैंकले वाराको जितपुर र पर्साको परवानीपुरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । जितपुर सेवाको उद्घाटन गढीमाई नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण चापागाईं तथा परवानीपुर सेवाको उद्घाटन शहरी विकास कार्यक्रम, पर्साका प्रमुख शैलेन्द्र कुमार श्रेष्ठले गरे ।

civil bankकार्यक्रममा बैंकका वरिष्ठ कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग, शाखा रहित बैंकिङ सेवाका प्रमुख युवराज गुराँगाइँको उपस्थिती थियो ।

शाखारहित बैंकिङ सेवा अन्र्तगत ग्राहकहरुले रकम झिक्ने तथा जम्मा गर्ने, एक खाताबाट अर्को खातामा रकम स्थानान्तरण गर्ने, मोवाईल फोन रिचार्ज गर्ने, एटिएम कार्ड, रेमिटेन्स सुविधा, मोवाईलमै नगद सुविधा, एसएमएस एलर्ट, आफ्नो खाताको व्यालेन्स हेर्ने तथा पछिल्लो कारोवारहरुको स्टेटमेण्ट प्रिन्ट गर्ने जस्ता सुविधाहरु लिन सक्ने छन् ।

यसैगरी सोहि स्थानमा बैंकका कर्मचारी परिचालन गरी साना तथा घरेलु उद्योग र कृषि व्यवसायका लागि लघु कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ