वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विओकेसँग अन्य तीन फाइनान्स मर्ज हुने

अर्थटुडे
२०७१ जेष्ठ २९, बिहीबार

काठमाडौं । बैंक अफ काठमाण्डु (बीओके) र अन्य तीन फाइनान्सविच एक आपसमा (मर्ज) गाभिने भएका छन् । विहिबार बैंक अफ काठमाण्डू (बिओके)सँग मर्ज हुनका लागि इन्टरनेशनल लिजिङ एन्ड फाइनान्स कम्पनी


BOK_Picture1
(आइएलएफसी), श्रीइन्भेष्टमेन्ट फाइनान्स र नेपाल एक्सप्रेस फाइनान्सले विहिबार सम्झौता गरेका हुन् । विहिबार मर्जरमा जाने निर्णयसँगै चारवटै वित्तिय संस्थाले सम्झौता गरेका छन् ।
मर्जरमा जादा कुन वित्तिय संस्थाको कति मुल्य भन्ने बारेमा टुङगो भने सम्पुर्ण सम्पत्ति दायित्वहरुको मुल्यांकन (डिडिए) गरेपछि मात्र निश्चित गरिने सहमति भएको सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा जानकारी दिइयो । मर्जरका लागि चारै वटा संस्थाहरुले राष्ट्र बैंकमा निवेदन दिएपछि डिडिएको काम सुरु गर्ने छन् ।

चार वटै संस्थाबीच बराबरी हैसियतमा मर्जर भएको खण्डमा चुक्ता पुँजी चार अर्ब ३० करोड रुपैयायाँ पुग्ने छ । जगेडा कोष दुई अर्ब १३ करोड रुपैयाँ पुग्ने छ । चैतसम्मको तथ्यांक अनुसार निक्षेप ३३ अर्ब ६२ करोड र कर्जा लगानी ३० अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ