वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन बैंकले समृद्ध पहाडबीच दुर्गमस्थानमा वित्तिय सेवा पुर्याउने सम्झौता

अर्थटुडे
२०७१ जेष्ठ २९, बिहीबार

काठमाडौं । हिमाली तथा पहाडी क्षेत्रका जनतालाई विभिन्न सहकारीका माध्यमवाट लघु वित्त ऋण सेवा उपलब्ध गराउने हिमालयन बैंक र समृद्ध पहाडबीच संयुक्त सम्झौता भएको छ ।

हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक समसेर जबरा तथा समृद्ध पहाडका प्रमुख कार्यकारी अधिकृत अरुण राणाले सम्झौतामा हस्ताक्षर गरे ।

विहिबार भएको सम्झौतमा हिमालयन बैंक तथा समृद्ध पहाडले समूहगत ऋण प्रवाहको लागि समृद्ध पहाडले सम्भाव्य सहकारीहरुको बिवरण आवधिक रुपमा बैंकलाई प्रस्ताव गर्नेछ विज्ञप्तीमा भनिएको छ ।

हिमालयन बैंकले समृद्ध पहाडले सिफारिस गरेअनुरुप त्यस्ता सहकारीलाई बैंकको आफ्नो प्रकृया अनुरुप ऋण सुविधा प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

हिमालयन बैंकले यो साझेदारीवाट पहाडी तथा हिमाली क्षेत्रका दुर्गम स्थानका बासिन्दा माझ ऋण प्रवाह गर्न सक्षम हुने विश्वास लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ