वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएलआईसीको ७२.५० % लाभांस पारित, कम्पनीको पुँजी ७७ करोड पुग्ने

अर्थटुडे
२०७१ जेष्ठ ३०, शुक्रबार

काठमाडौं । नेशनल लाईफ इस्योरेन्स (एनएलआईसी) को साधारणसभाले ७२.५० प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ । उक्त लाभांसमध्ये ५५ प्रतिशत बोनस सेयर र १७.५० प्रतिशत नगद लाभांस रहेको छ ।

National-Life-Insurence
हाल कम्पनीको पुँजी ५० करोड १३ लाख रहेकोमा उक्त सेयर वितरण पश्चात कम्पनीको पुँजी ७७ करोड ७० लाख पुग्नेछ ।

कम्पनी गत आवमा कम्पनीले ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । उक्त अवधिसम्ममा २ अर्ब २७ करोड रुपैयाँ प्रिमियम संकलन गरी ७३ करोड खुद दावी भुक्तानी गरेको साधारणसभामा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले जानकारी दिइन् । उनले  नयाँ नयाँ बीमा योजनाहरु ल्याएर नेपाली बीमा बजारलाई आधुनिकतापतर्फ उन्मुख गराएको दाबी गरिन् । कम्पनीले लाजिम्पाटमा आधुनिक व्यापारिक भवन निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ