वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताभरमा सुन ७ सय महंगो, अझै भाउ उकालो लाग्ने व्यवसायीको प्रक्षेपण

अर्थटुडे
२०७१ जेष्ठ ३१, शनिबार

काठमाडौं । नेपाली बजारमा यो साता बहूमुल्य पहेलो धातु सुनको भाउ फेरी उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारभाउ उकालो लागेपछि त्यसको असर नेपाली बजारमा परेको हो । युरोयियन युनियनको मौद्रीक नीतिले व्याजदर शुन्य प्रतिशतमा झारेपछि सुनको भाउ अझै उकालो लाग्ने व्यवसायीले अनुमान गरेका छन् ।
सुनचाँदी व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता बजारमा सुन ७ सय महंगो भएको छ । अघिल्लो साता घटेर प्रतितोला ५१ हजार रुपैयाँसम्म झरेको सुनको भाउ यो साता ५२ हजार रुपैयाँ टेकेको छ ।

साताको पहिलो दिन आईतबार सुन ५१ हजार ३ सय रुपैयाँ कायम भएकोमा क्रमश बढ्दै शुक्रबार ५२ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
गत साता युरोपियन युनियनको मौद्रिक नीतिले निक्षेपको ब्याजदर शुन्य भन्दा तल झारेपछि बढ्न सुरु भएको सुनचाँदीको भाउले इराकी अप्रत्यासित द्घन्द पछि तीब्रगतिमा बढ्ने आकंलन गरिएको छ ।

अलकायदा समर्थित लडाकुहरुले इराकी दोश्रो ठूलो शहर मोसुल लगायतका शहरहरु कब्जा गर्ने क्रम बढ्दै गएको र राजधानी बगदाद तर्फ अगाडि बढ्ने संकेत देखिएकोले इराकमा गृहयुद्घ (सिभिल वार) चर्कने देखिएको छ । जसले गर्दा तेलको भाउ बृद्धि संगसंगै सुनचादीको भाउ पनि उकालो लागेको छ । इराक यो अस्थिरताले पुरा अरबमा प्रभाव पर्ने भएकोले सेयरबजार ओरालो लाग्ने क्रम शुरु
भएको छ भने सुरक्षित लगानीको लागी सुनको माग बढेको छ महासंघले जनाएको छ ।gold

इराकी द्धन्द्ध समाधानको कुनै पहल नभएमा आगामी साता पनि सुनचाँदीको भाउमा निरन्तर बृद्धि हुने प्रक्षेपण गर्न सकिन्छ । इराकको वर्तमान सरकारले अमेरिकी सैन्य सहयोगको लागि अनुरोध गरेकोले अमेरिकी सैनिक हस्तक्षेप भएमा यसले अमेरिकी अर्थतन्त्रमा प्रतिकूल प्रभाव पार्ने भएकोले सेयरबजार खस्कने तथा वैकल्पिक सुरक्षित लगानीको लागि सुनको माग बढ्न गई भाउ उकालो लाग्ने बलियो संम्भावना रहेको छ ।

यसैगरी यो साता चाँदीको भाउमा पनि उतारचढाव देखियो । साताभरमा चाँदी १३ रुपैयाँ महंगो भई प्रतितोला ७ सय ७८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ