वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

किष्ट अव प्रभु बैंक बन्ने

अर्थटुडे
२०७१ जेष्ठ ३१, शनिबार

काठमाडौं । किष्ट बैंक अव प्रभु बैंक बन्ने भएको छ । किष्टसहित प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स गाभिएर प्रभु बैंक बन्न लागेको हो ।

शनिबार भएको चारवटै कम्पनीको विषेश साधारणसभाले एक आपसमा गाभिनका लागि अन्तिम स्विकृती दिएको छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम प्रभु बैंक रहनेछ । यसैगरी मर्जरपछि लोगो समेत परिवर्तन गरी पिपलको पातको विचमा किष्ट शव्द राखिने सहमति भएको संयुक्त प्रेस विज्ञप्तीमा जनाइएको छ ।

मर्जरपछि नयाँ बन्ने कम्पनीको सेयर ३ अर्व २० करोड २८ लाख ८५ हजार पुग्नेछ । यसैगरी शाखा संख्या १ सय १२ र एटिएम संख्या १ सय १० पुग्नेछ ।
साधारणसभाले मर्जरका लागि सेयर अनुपात स्वीकृति पनि गरेका छन् । प्रभुको र गौरीशंकरको सेयर अनुपात १०७.३१ प्रतिसय रहेको छ भने क वर्गको बाणिज्य बैंक किष्टको भने प्रतिसय ९७.३१ र जेनिथको सवैभन्दा कम ९२.३१ प्रतिसय सेयर कायम भएको छ ।

किष्ट बैंकको जगेडाकोष ७७ करोडले ऋणात्मक भएको मर्जपछि अन्य वित्तिय संस्थाको जगेडा कोष पनि एउटै खातामा जाने हुदा जम्मा १८ करोड रुपैयाँ जगेडा कोषमा रहने छ । जसले ऋणमा गएको जगेडा कोषलाई घनात्मक देखाउन मद्धत गर्दछ । मर्जरपछि ३ अर्व २० करोड ८८ लाख ८५ हजार रुपैयाँ पुगेपनि शेयर अनुपातका कारण किष्ट बैंक र जेनिथको शेयर मुल्य घटेर ३ अर्व ८ करोडमा झर्ने विज्ञप्तीमा जनाइएको छ ।
त्यस्तै शनिवारको नै विषेष समितिको साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा देवीप्रकाश भट्टचन रहेने प्रस्ताव समेत पारित गरेका छन् भने सञ्चालक समितिमा सात जना रहनेछन् । यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र नायव प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन रहनेछन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ