वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा अख्तियारको अनुगमन

अर्थटुडे
२०७१ जेष्ठ ३१, शनिबार

विराटनगर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर र त्यहाँको डिपोमा अनुगमन गरेको छ ।
शनिवार सो कार्यालय र डिपोमा अनुगमनमा गएका निगमका कर्मचारीहरुले पेट्रोलियम पदार्थको भारतबाट ढुवानी र बिक्री गर्ने क्रममा अनियमितता भइरहेको तथ्य सार्वजनिक भएपछि अनुगमनका लागि आएको अख्तियारले जनाएको छ ।
आयोगका प्रहरी उपरीक्षक सुरेश बस्नेतको नेतृत्वमा आएको नौ जनाको टोलीले भारतको बरौनीबाट लोड गरी आएका १७ ट्याङ्करलाई विराटनगर भन्सार नाकामा छड्के जाँच गरी त्यसको गुणस्तर, तौल तथा चालक र ट्याङ्कर धनीका सम्बन्धमा जानकारी लिएका थिए

अनुमगनका क्रममा ट्याङ्कर चालक भारतीय रहेको पाइएको र यस डिपोअन्तर्गत २५० ट्याङ्करमार्फत पेट्रोलियम पदार्थ आयात र बिक्री वितरण भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ