वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईएमईको रेमिटेन्स कस्टमर कार्ड सेवा सुरु

अर्थटुडे
२०७१ असार १, आईतवार

काठमाडौं । ईन्टरनेशनल मनि एक्सप्रेस (आईएमई) ले आईएमई कस्टमर कार्ड सेवा सञ्चालन गरेको छ । सेवाग्राहीले छिटो, छरितो सेवा उपलब्ध गराउने उदेश्यले सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।

IMEउक्त योजना अनुसार सेवाग्राहीलाई कस्टमर कार्डको प्रयोगबाट रकमान्तर गरेको संख्याको आधारमा बोनस अंक प्रदान गरिने कम्पनीले जनाएको छ । जसअनुसार हरेक महिना निश्चित बोनस अंक प्राप्त गर्ने सेवाग्राही मध्ये लक्की ड्रको माध्यमबाट विजेता घोषणा गरि डिसहोमको स्मार्ट एचडी सेट टप बक्स, सामसुङ्ग ग्यालेक्सि ट्रेन्ड मोबाईल, आईएफबि माईक्रोवेभ ओभन तथा सामसुङ्ग ३२ ईन्च एलईडी टिभीलगायतका पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

आइएमईले हालसम्म ३ हजार वटा एजेन्ट\सब–एजेन्ट, ८२ आईएमई सेन्टर र विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिट्यान्स भुक्तानी गर्दे आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ