वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘बचत तथा ऋण सहकारीका लागि छुट्टै ऐन’

अर्थटुडे
२०७१ असार २, सोमबार

krshna ko pcबारा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले बचत तथा ऋण सहकारीको समस्या समाधान गर्नका लागि छुट्टै ऐन आवश्यक भएको बताएका छन् । विद्यमान सहकारी ऐनले समस्या समाधान गर्न नसकेको बताउदै उनले नेफ्स्कूनले छुट्टै ऐनको मस्यौदा तयार पारेको जानकारी दिए ।

नेफ्सकूनले देशभर विभिन्न ठाउमा अन्र्तकृया गरी प्राप्त सुझावबाट ऐनको मस्यौदा तयार गरेको हो । उक्त ऐन छिट्टै सहकारी विभागमार्फत सरकारलाई बुझाइने संस्थाले जनाएको छ । सिमरास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सवमा बोल्दै पौडेलले अव हुने आर्थिक क्रान्तिको नेतृत्व सहकारीले गर्ने दावी गरे ।

सहकारीले सबै तहतप्काका नागरिकहरुलाई संगठित गरी पूंजी प्रवद्र्धन र आर्थिक क्रियाकलाप अघि बढाउने भएकोले यसको विकल्प नभएको बताउदै पौडेलले नेपाली समाजमा सहकारीहरु आर्थिक लोकतन्त्रका आधारस्तम्भको रुपमा विकास भई रहेको उनको भनाई थियो ।
कार्यक्रममा जिल्ला पशु सेवा कार्यालका प्रमुख डा. नारायण श्रेष्ठ, पर्सा वन्यजन्तु मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, वरिष्ठ सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्री, भिमेश्वर मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामदास धौजु, मुसहर्नीमाई वनका उपाध्यक्ष शोभा खतिवडालगायतले सहकारीबारे आफ्नो धारणा राखेका थिए ।
वार्षिकउत्सवको अवसरमा संस्थाको आयोजनामा तथा तीन दिने पशु स्वास्थ्य तालीम समेत सुरु भएका छ । तालिममा ४० पशुपालक किसानहरु सहभागी रहेको संस्थाका अध्यक्ष मधुसुदन सिटौलाले जानकारी दिए । एक हजार सदस्य रहेको संस्थाको हाल एक करोड पचास लाखको कारोवार रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ