काठमाडौं । सोमबार नेप्से परिसुचक ११.२९ अंकले बढेर ३८.८५ पुगेको छ । सोमबार दिउँसो कारोबार बढेर नेप्से ९४७ सम्म पुगेको थियो भने मध्यान्ह पछि भने घट्न सुरु गरेको हो । समूहगततर्फ बैकिङ,होटल, विकास बैंक र विमातर्फ नेप्से बढेको छ ।
त्यस्तै जलविद्युत,फाइनान्सतर्फ भने नेप्से घटेको छ । सोमबार ६९ करोड ५६ लाख ६८ हजार ९९ रुपैयाँबराबरको १४ लाख १२ हजार ५४६ कित्ता सेयर बराबरका कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया