वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसेलले ल्यायो ‘मज्जाको एसएमएस प्याक’ योजना, ३ रुपैयाँमा एक सय एसएमएस

अर्थटुडे
२०७१ असार २, सोमबार

काठमाडौं। एनसेलले विश्कपको अवसर छोपेर ‘मज्जाको एसएमएस प्याक’ योजना सार्वजनिक गरेको छ। यस अन्तर्गत ग्राहकले तीन रुपैयाँमा दिनको एक सय वटा एसएमएस पठाउन सक्ने छन् ।ncell(10)

प्याक खरिद गर्ने ग्राहकले अर्को एनसेल नम्बरमा दिनको एक सय वटा एसएमएस पठाउन सक्नेछन्।  योजनामा ग्राहकले कर बाहेक तीन रुपैयाँमा दैनिक, १८ रुपैयाँमा साप्ताहिक र ५४ रुपैयामा मासिक १०० एसएमएस प्याक खरिद गर्न सक्नेछन्। त्यस भन्दा बढि एसएसएम पठाएमा भने नियमित शुल्क लाग्ने जनाइएको छ ।

एनसेलका सबै प्रिपेड र पोष्टपेड ग्राहक योजनामा सहभागि हुन सक्ने छन् । त्यसका लागि १७१०६ मा डायल गर्नु पर्नेछ । यो योजना ३१ भदौ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ