वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स बैंक बाग्लुङमा

अर्थटुडे
२०७१ असार २, सोमबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सोमबार बाग्लुङमा आफ्नो ४१औ शाखा संचालनमा ल्याएको छ । धौलागिरी अञ्चलमा यो दोस्रो शाखा भएको बैंकले जनाएको छ । बैंकले यसअघि नै म्याग्दीको बेनीमा बैंकको शाखा संचालनमा ल्याइसकेको छ ।resized (1)

बैंकले बाग्लुङमा करिव ३४ हजार सेवाग्राहीहरुलाई सामाजिक भत्ता पनि वितरण गरिरहेको छ ।  बैंकको ४१ वटा शाखा, ३८ वटा एटिएम काउन्टर र ५० वटा शाखारहित आधुनिक बैकिङ सेवाबाट करिब ३ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बताएको छ ।

बैंकले छिट्टै धरान, काठमाण्डौंको थापाथली, भोजपुर, बझाङको चैनपुर, बर्दियाको सानोश्री तथा बाराको निजगढबाट  शाखा सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ