वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युएइमा विदेशी कामदारलाई मध्यान्हमा छुट्टी, नेपाली कामदारलाई राहत

अर्थटुडे
२०७१ असार ३, मंगलवार

काठमाडौं । युनाइटेड अरव इमिरेट्स (युएइ) सरकारले गर्मी याममा घाममा काम गर्ने विदेशी कामदारलाई मध्यान्ह छुट्टीको अनिार्य व्यवस्था गरेको छ । युएइमा ४५ डिग्रिभन्दा माथिको तापक्रम रहेको छ भने यस्तोमा घाममा काम गर्दा विदेशी कामदारहरुलाई निक्कै कठिन भएको थियो ।

सोही कुरालाई ध्यानमा राखी सरकारले सो निर्णय गरेको बताइएको छ । त्यहाँको सरकारले मध्यान्हको छुट्टी अनिवार्य गरेपछि हज्जारौ नेपालीले राहत पाउने भएका छन् । युएइको श्रम मन्त्रालयले श्रमिकहरुका लागि मिड डे व्रेक अनिवार्य गरेको हो ।

युएइको श्रममन्त्रालयले जारी गरेको नोटिसमा रोजगारदाता कम्नीहरुले मध्यान्ह १२.३० देखि ३ बजेसम्म छुट्टी दिनुपर्ने छ । यो नियम विषेषतः निर्माण क्षेमा काम गर्ने कामदारको हकमा अनिवार्य लागु हुनुपर्ने छ । सो नियम प्रत्येक महिनाको सेप्टेम्वरसम्म लागु हुने छ ।

युएइको श्रम मन्त्रायले कामदारको दैनिक काम गर्ने समय ८ घण्टा भन्दा बढी भएमा घण्टाको हिसावले ओभरटाइम अनिवार्य दिनुपर्ने नियमलाई पनि कडाइका साथ लागु गर्ने बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ