वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से ३.३ अंकले घट्यो, बाणिज्य बैंकको शेयरबजार घट्दा विमाका लगानीकर्ता फाइदामा

अर्थटुडे
२०७१ असार ३, मंगलवार

काठमाडौँ । केही दिनयता उकालो लागेको सेयर बजार मंगलबार भने तल झरेको छ । सोमबारसम्म दोहोरो अंकले उकालो लागेको सेयरबजार मंगलबार ३.३ अंकले घटेको छ । समूहगत तर्फ सवैभन्दा बढी बैकिङ समूहको सेयर बजार घटेको छ ।

artha sansar1मंगलबार बैकिङ समूह तर्फ ६.९७ अंकले घटी ८६९.९१ अंकमा आएको छ । बाणिज्य बैंकहरुको चुक्तपुँजी बृद्धि हुने हल्लाका कारण केही समययता बैकिङ समूहको सेयर बजार बढेपनि झुटो सावित भएपछि सो समूहको सेयरबजारमा मंगलबार गिरावट आएको हो ।

त्यसैगरी होटल, विकास बैंक र जलविद्युत तर्फको सेयर बजारमा पनि गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बैकिङ लगायत अन्य समूहको सेयर बजार घट्दाको फाइदा भने विमाका लगानीकर्ताहरुले पाएका छन् । विमा समूहको परिसुचक मंगलबार दोहोरो अंकले बृद्धि भएको छ ।

बजार बन्द हुदा सम्ममा विमा समूहको नेप्से परिसुचक ११.१ प्रतिशतले बृद्धि भइ ३६३२.७ अंकमा पुगेको छ । मंगलबार स्ट्यान्डर्ड चार्टर बैंक सहित १० वटा बाणिज्य बैंकहरुको शेयर मुल्य घटेको छ भने ७ वटा बाणिज्य बैंकहरुको बढेको छ । मंगलबार ६२ करोड ८ लाख रकम बराबरको १२ लाख २३ हजार ३०० कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ