वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्युत प्राधिकरणले लियो एक्सन, पिपिए भएका ९ जलविद्युत् आयोजनाको सम्झौता खारेज

अर्थटुडे
२०७१ असार ३, मंगलवार

काठमाडौं । करिब ४८० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको १२ वटा विद्युत आयोजनाको निवदेन सरकारले खारेज गरेको छ । ति आयोजनाले काम गर्ने अनमुति लिएर पनि काम नगरेकाले अनुमतिपत्र खारेज गरेको विद्युत विकास विभाले जनाएको छ ।

artha sansar1विभागका अनुसार खारेजीमा परेका आयोजनाहरूमा दाप्चा रोशी (५ मेगावाट), हाडी खोला (२ मेगावाट), तल्लो सुनकोसी तेस्रो (१० मेगावाट), न्यासिम खोला (३० मेगावाट) रहेका छन् । यस्तै निवेदन खारेजीमा परेका अन्य आयोजनाहरूमा माथिल्लो त्रिशूली एक (२१६ मेगावाट), कालीगण्डकी गर्ज (१६४ मेगावाट), बाकु खोला (छ मेगावाट), माथिल्लो माई एक (दुई मेगावाट), करुवा सेती (३६ मेगावाट), तल्लो पामे खोला (दुई मेगावाट), हेवा खोला बी (दुई मेगावाट) र मिडिल सुपर दरौदी (चार मेगावाट) रहेका छन् ।

यस्तै सर्वेक्षणको अनुमति लिएका तर काम नगरेका १२७ वटा जलविद्युत् आयोजनाको अनुमतिपत्रसमेत खारेज गरिएको छ । ती आयोजनाबाट २ हजार ५४२ मेगावाट विद्युत् उत्पादन हुनेछ । उत्पादन अनुमति लिएका ६ जलविद्युत् आयोजनाको पनि अनुमतिपत्र खारेज गरिएको छ भने सर्वेक्षणका लागि निवेदन दिएका एक हजार ४२० आयोजनाको समेत निवेदन खारेज गरिएको छ । यसैगरी नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पिपिए) भएका ९ जलविद्युत् आयोजनाको सम्झौतासमेत खारेज गरेको छ ।

यसरी पिपिए भएका तर काम नगरेका आयोजनाहरूमा कान्तिपुर हाइड्रो पावरले निर्माण गर्न लागेको १० मेगावाट क्षमताको लाङ्टाङ, जिटेक नेपालले निर्माण गर्न लागेको १४ मेगावाट क्षमताको माथिल्लो मोदी, युनिभर्सल पावरले निर्माण गर्न लागेको सात सय किलोवाटको लड्कु खोलाको अनुमति खारेज गरिएको छ ।
यस्तै बभेरिएन हाइड्रोले निर्माण गर्न लागेको ४.५ मेगावाटको तल्लो न्यादी, मानसरोवर पार्वसको सेती खोला, त्रियोग इनर्जी एन्ड डेभलपमेन्टको मध्यगड्डीगाड ३.५ मेगावाट र ऋषिकेश हाइड्रोको माथिल्लो जुम्दी रहेका छन् । यी आयोजनाबाट कुल ४० मेगावाट विद्युत् उत्पादन हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ