वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजारमा दैनिक ५ लाख लिटर दुध अपुग, १ लाख लिटर दुुध र ७ हजार किलो धुलो दुध आयात

अर्थटुडे
२०७१ असार ४, बुधबार

काठमाडौं । नेपाल कृषिप्रधान देश भएपनि बजारमा दैनिक ५ लाख लिटरसम्म दुध अभाव रहेको छ । नेपाली उत्पादनले बजार धान्न नसकेपछि भारतलगायतका देशबाट दैनिक १ लाख लिटर दुुध र ७ हजार किलो धुलो दुध आयात हुने गरेको छ । milk

राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार हाल स्थापित सबै दुग्ध उद्योगहरु पूर्ण क्षमतामा संचालन गर्नका लागि ४ देखि ५ लाख लिटर दुध अभाव हुने जनाएको छ । यसैकारण ठूलो मात्रामा दुध र दुग्धजन्य पदार्थ आयात गर्नुपर्ने अवस्था रहेको छ ।

हाल दुग्ध विकास संस्थानसँग दैनिक २ लाख २५ हजार लिटर दुध प्रशोधन गर्ने क्षमता रहेको छ । यसैगरी नेपालमा ५० हजार लिटर दुध प्रसोधन गर्ने क्षमता भएका उद्योग ४ वटा, १० हजारदेखि ५० हजारसम्म क्षमता भएका १५ वटा, १ हजारदेखि १० हजारसम्मका ३० वटा र एक हजार भन्दा कम क्षमता भएका ७ सय वटा उद्योग संचालनमा रहेका छन् ।

नेपालमा ७० लाख गाई तथा ५० लाख भैसी रहेकोमा गाई १३ प्रतिशत र भैसी २५ प्रतिशत दुध दिने अवस्थामा छन् । हाल वार्षिक रुपमा १६ लाख मेट्रिकटन दुध उत्पादन भइरहेको र ठूला गाईभैसीका फार्म खुल्ने क्रममा रहेकाले उत्पादन बढीरहेको बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले जानकारी दिए ।

पछिल्लो समयमा दुध उत्पादनक मूल्यको तुलनामा लागत उच्च भएकाले पनि कृषकहरु पेशाबाट पलायन समेत हुन थालेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ