वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेफ्स्कूनको बैठक मोरङमा, बचत तथा ऋण सहकारी ऐन छिटो ल्याउन सरकारलाई आग्रह

अर्थटुडे
२०७१ असार ४, बुधबार

मोरङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को बैठक बुधबार मोरङको बेलवारीमा बसेको छ । अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षतामा बसेको वैठकले बचत तथा ऋण सहकारीहरुको अनुगमन, सुशासन र प्रभावकारिताको लागि छलफलमा ल्याएको प्रस्तावित बचत तथा ऋण सहकारी ऐनलाई अन्तिम स्वरुप दिएको छ । विधेयकको रुपमा पूर्णता दिन र व्यवस्थापिका संसदबाट प्रस्तुत गरेर अनुमोदन गराई लागु गर्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गरेको छ ।

nefconनेपालमा विद्यमान बचत तथा ऋण सहकारीहरुको संख्यात्मक वृद्धिसंगै वित्तिय परिचालनको क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गरेको छ । साथै नियमन, अनुगमन र सुशासनको कमीको कारण वित्तिय जोखिम र चुनौतिहरु पनि बढदै गएको अवस्थालाई मध्यनजर गर्दै छुट्टै ऐनको आवश्यकता महशुश गरिएको हो ।

बचत तथा ऋण सहकारी संस्थाहरु अन्तराष्ट्रिय सहकारी मुल्य मान्यता र सिद्धान्तमा आधारित आफ्ना सदस्यहरुसँग आर्थिक कारोवार गर्ने व्यवसायिक संस्था भएकोले त्यस्ता संस्थाहरुको कारोवारमा अत्याधिक जोखिम रहने हुँदा सम्भावित वित्तीय दुर्घटनाहरुको पूर्व रोकथाम गर्दै सदस्यहरुको वचतको सुरक्षाको प्रत्याभूति दिन सदस्यहरुकै लागत सहभागितामा नियमित अनुगमन तथा सुपरीवेक्षण गरी आन्तरिक सुशासन कायम गर्दै सदस्य संस्थाहरुलाई व्यवस्थापकीय रुपमा सक्षम वनाई समुदायमा आधारीत दिगो संस्थागत विकास गराउन जोखिममा आधारित सुरपरिवेक्षण तथा स्थिरीकरण कोषको अवधारणासमेत बैठकले पारीत गरेको छ । जोखिमको क्षेत्र निर्धारण, सहजीकरण र प्राविधिक परामर्श तथा सहयोगका लागि यस संघबाट आधारभूत, मध्यम र उच्चस्तरका तालीमहरु उपलब्ध गराउँदै आईरहकोमा अब यस सेवालाई स्थानीय स्तरमा पु¥याउन जिल्ला बचत तथा ऋण सहकारी संघहरु सवलीकरण कार्यक्रम मार्फत प्रशिक्षकहरु तयार गर्ने र प्रविधिको हस्तान्तरण गर्ने रणनीतिमा लागिसकेको र यसै सेवाको विकेन्द्रीकरणका लागि क्षेत्रीय स्तरमा आधुनिक सुविधायुक्त तालीम केन्द्रको स्थापना र सञ्चालनमा जोड दिन साकोस स्रोत केन्द्र बनाउने निर्णयसमेत वैठकले गरेको छ ।

वैठकले सहकारी क्षेत्र विशेषतः बचत तथा ऋण सहकारीहरुमा देखिएको विकृति र चुनौतिहरुलाई हल गर्दै जोखिममुक्त र सफल बचत तथा ऋण सहकारी अभियानको रुपमा अघि बढाउन अनुगमन तथा नियमनको क्षेत्रमा नेफ्स्कूनले अग्रसरता लिने निर्णयसमेत गरेको संचालक कृष्ण पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ