वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कलर्स मोवाइलको फाइटर सेट बजारमा

अर्थटुडे
२०७१ असार ४, बुधबार

काठमाडौं । कलर्स मोवाइलले फाइटर सिरिजका दुइ नयाँ मोवाइल सेट बजारमा ल्याएको छ । “F101” र “F26” नाम दिइएको मोवाइल सेटहरु विद्यार्थी वर्गलाई लक्षित गरि बजारमा ल्याईएको हो । “F26” मोडलको फाइटर सेटमा 1.3 मेगा पिक्सेलको क्यामरा र 2.4 ईन्च को क्यु.भि.जि.ए.टि.एफ.टि ( QVGA TFT) स्क्रीन भएकाले उच्चस्तरिय भिडियो र तस्विरहरु हेर्न सकिने कम्पनीले जनाएको छ ।

F101 White-Redत्यसैगरी सो सेटमा 1800 mAh व्याट्रि व्याकअप रहेको यो मोवाईमा अहिलेको नयाँ प्रविधीको प्रयोग गरि ग्राहकले ढुक्कले गीत संगीतको मज्जा लिन सक्छन् ।  यस्तै “F101” मोडलको सेटमा 1.8 ईन्च को क्यु.भि.जि.ए. (QVGA) स्क्रीन, 800 mAh व्याट्रि व्याकअप, क्यामेराको सर्टकट वटन, एफएम रेडियो, एमपीथ्री र एम.पी.फोर रहेको छ । सेटमा लोडसेडिङ्ग र आपतकालिन स्थितिकालागि उपयोगि टर्च लाईट पनि उपलव्ध छ ।

दुवै सेटहरुमा दुई वटा सिम लगाउन सकिनेछ, र ब्लुटुथबाट आफ्नो फाईल एक्सचेन्ज गर्न सकिने छ । यस्तै यसमा भएको  जिपिआरएस प्रविधिबाट विश्वसंग जोडिने मौका पनि ग्राहकले पाउने छन् । मोवाइलमा  एक वर्षको र चार्जर व्याट्रीमा ६ महिनाको ग्यारेण्टी रहेको छ । हाल  नेपालमा कलर्स मोवाइलको २८ वटा सर्भिस सेन्टरहरु रहेको पनि कम्पनीले जनाएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ