वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिल बैंक रेमिट र एसबिएल रेमिटबिच सम्झौता

अर्थटुडे
२०७१ असार ४, बुधबार

काठमाडौं । सिभिल बैंक र सिद्घार्थ बैंक लिमिटेड बिच रेमिटेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । ग्राहकलाई प्रदान गरिरहेको सेवालाई अझ सहज र सुलभ बनाउने लक्ष्यका साथ सिभिल बैंक लिमिटेडको “सिभिल बैंक रेमिट” र सिद्घार्थ बैंक लिमिटेडको “एसबिएल रेमिट” बिच सम्झौता भएको हो ।

civil
सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन तथा सिद्घार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले हस्ताक्षर गरेकाथिए ।

“यस सम्झौता पश्चात दुबै बैंकका रेमिटेन्स सेवाग्राहीले अब सिभिल बैंकको ४० शाखा तथा सिद्घार्थ बैंकको ४६ शाखा मार्फत आफ्नो रकम भुक्तानी लिन पाउनेछन् ।

यस सम्झौताले दुबै बैंकका रेमिटेन्स सेवाग्राहीलाई लाभान्वित बनाउने छ” सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले भने ।
यस अघि पनि सिभिल बैंकले रिलाएबल रेमिट, आइएमइ, प्रभु रेमिट, एसडिबिएल ट्रस्ट रेमिट, नेटफक्स, मनिग्राम, हिमाल रेमिट र वेस्टर्न युनियनसँग पनि रेमिटेन्स सेवालाई फराकिलो पार्न सम्झौता गरि दिंदै सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ