वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अव्यवस्थित रुपमा चलाएका पेट्रोलपम्प बन्द गरिने

अर्थटुडे
२०७१ असार ५, बिहीबार

काठमाडौँ । नेपाल आयल निगमले अव्यवस्थित रूपमा सञ्चालन भएका पेट्रोल पम्पलाई बन्द गर्ने बताएको छ । निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले विभिन्न समयमा ढुवानीमा देखिएका अनियमिततालाई कारवाही गरी भ्रष्टचार निर्मूल गर्न सरकारी, गैरसरकारी तथा सरोकारवालासवै लाग्नुपर्ने बताए ।

nepal aayal nigam
उनले पेट्रोलियम पदार्थको ढुवानी तथा वितरणलाई पारदर्शी बनाउन संसदीय अध्ययन तथा सुझाव समितिले दिएको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको समेत गरे ।
निगमद्वारा विहिबार आयोजित पत्रकार सम्मेलनमा डा.भट्टले समितिको सुझावलाई कार्यान्वयन गर्ने विधि तथा प्रक्रिया तयारी भइरहेको समेत बताए ।
उनले पेट्रोलियम पदार्थको सहज आपूर्ति र उपभोक्ता मैत्री वितरण प्रणाली लागू गर्ने, प्रशासनिक तथा प्राविधिक सुधार गर्ने र निगमको घाटा कम गर्न स्वचालित मूल्य प्रणालीमा जाने प्रतिबद्धता समेत व्यक्त गरे ।
निलो र रातो रङ्गको ग्यास सिलिन्डर प्रयोगमा ल्याई दोहोरो मूल्य कायम गर्ने र पेट्रोलियम पदार्थको ढुवानीका क्रममा चोरी नियन्त्रण गर्न परम्परागत प्रणालीमा सुधार गरी आधुनिक प्रविधि प्रयोग गर्ने कार्यकारी निर्देशक डा भट्टले उल्लेख गर्नुभयो ।
मूल्य अस्थीकरण कोषको स्थापनाका लागि सरकारसँग गरिएको अनुरोधलाई बजेटमा समावेश गर्न पहल गर्ने, आपूर्तिमा आउन सक्ने असहजतालाई सम्बोधन गर्नका लागि भण्डारण क्षमता विस्तार गर्ने योजना रहेको उनको भनाइ थियो ।
निगम निरन्तर घाटाको अवस्थामा सञ्चालन भइरहेको र हालसम्म रु ३६ अर्ब ६६ करोड १० लाख ऋण दायित्व वहन गरिरहेको छ । निगमले हाल एलपिजी ग्यासमा प्रतिसिलिन्डर रु ५५९.७३ व्यहोर्दै आएको र पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनमा भने नाफा गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ