वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सगरमाथाद्धारा ४२ % लाभांस पारित

अर्थटुडे
२०७१ असार ५, बिहीबार

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनीले नाफावाट सेयरधनीलाइ ४२ प्रतिशत लाभासं दिने भएको छ । कम्पनीको सञ्चालक समितिको प्रस्तावलाई बिहीबार सम्पन्न साधारण सभाले स्विकृत गरेको छ । लाभांस मध्ये २० प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांस रहेको छ ।

साधारणसभाले संस्थापक सेयरधनीको तर्फवाट राम कृष्ण मानन्धर, लोकमा गोल्छा, कृति कुमार जोसी, अशोक कुमार तोदी, पद्य ज्योती, र दिव्य मणी राजभण्डारी कम्पनीको सञ्चालकमा निर्वाचीत गरेको छ । त्यसैगरी साधारण सेयधनीका तर्फवाट गजेन्द्र लाल श्रेष्ठ र बाल कृष्ण श्रेष्ठ पनि निर्विरोध निर्वाचीत भएका छन् ।
कम्पनीले गत आवमा ७३ करोड ५० लाख २० हजार रुपैयाँ प्रिमियम संकलन गरको जनाएको छ । चालु आवको ११ महिनामा कम्पनीले ८८ करोड ३ लाख ३३ हजार रुपैयाँ विाम प्रिमियम संकलन गरेको छ । हाल कम्पनीले २२ शाखा तथा उपशाखा वाट विमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ