वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तटबन्ध निर्माणका लागि भारतीय सहयोग

अर्थटुडे
२०७१ असार ५, बिहीबार

काठमाडौं । भारतले नेपालका लालबकैया, बाग्मती र कमला नदीमा तटबन्ध निर्माणका लागि ३६ करोड ७२ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सहयोगको चेक सिंचाई मन्त्री एन पि साउदलाई भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत रञ्जित रेले हस्तान्त्ररण गरेका हुन् ।Sinchai mantri

बाढी नियन्त्रणसम्बन्धी नेपाल र भारतको आठौँ संयुक्त बैठकमा भएको निर्णय बमोजिम भारत सरकारले ती तीन नदीमा तटबन्ध निर्माणका लागि सो सहयोग उपलब्ध गराएको भारतीय दूतावाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सरकारले सन् २००८ पछि तीन अर्ब रुपैयाँ भन्दा बढी रकम यस आयोजनाका लागि सहयोग पु¥याइसकेको छ ।

भारतले सन् २००८ पछि वर्षेनी यस आयोजनाका लागि सहयोग दिइरहेको छ । भारतीय दूतावासद्वारा जारी विज्ञप्तिका अनुसार भारतले आगामी दिनमा पनि नदी नियन्त्रण एवम् बाढी व्यवस्थापनका लागि नेपालसँग मिलेर कामगर्ने तथा यसका लागि सहयोग पु¥याउने छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ