वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गागलफेदीका सचिव १५ हजार घुस लिदालिदै रंगेहात पक्राउ

अर्थटुडे
२०७१ असार ६, शुक्रबार

काठमाडौं । गागलफेदी गाउँ विकास समितिका सचिव तेजराज अर्याल रंगेहात पक्राउ परेका छन् । बनेपा नगरपलिकाका एक सेवाग्राहीसंग राजश्व नतिरी प्रोपर्टी भ्यालुएसनको कागजात मिलाइदिन्छु उनले भनि १५ हजार घुस लिएका थिए ।
गाविस सचिव अर्यालले झोलामा गाविसको खाली लेटरप्याड र स्ट्याम्प ल्याई अनामनगरस्थित शिखर फुडल्याण्डमा खाली प्याडमा सहीछाप गरी बांकी विवरण आवश्यकतानुसार सेवाग्राही स्वयंले नै भर्ने गरी कागज तथा रकम लिने दिने गर्दा गर्दैको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १९ को उपदफा ९३० बमोजिम अर्याललाई तत्काल पदबाट निलम्बन गर्न काठमाडौंका स्थानिय विकास अधिकारीलाई लेखी पठाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ