वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चुरोट सुर्तीमा प्रगतिशील कर लागू गर्न माग

अर्थटुडे
२०७१ जेष्ठ १८, आईतवार

भक्तपुर । सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि सुर्तीमा प्रगतिशील कर लागू गरी निरुत्साहित पार्नुपर्ने र करबाट उठेको रकम सुर्तीजन्य पदार्थबाट प्रभावित विरामीको उपचारमा खर्चिनुपर्नेमा सरोकारवाला र दलका युवाहरुले जोड दिएका छन् । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल,भक्तपुरले शनिवार विश्व सुर्तीरहित दिवसको सन्दर्भमा आयोजित अन्तरक्रियात्मक गोष्ठीमा सो जोड दिएको हो ।

नेपाल स्काउट, सिद्धार्थ ज्योति नेपाल र प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरोकारवालाले सुर्तीबाट हुने हानीका विषयमा जानकारी हुँदाहुँदै पनि आफ्नो र परिवारको स्वास्थ्य र धन नासिरहेकाले कानुनी कार्वाही अपरिहार्य भएको धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल कांग्रेसका नीति निर्माण समितिका सदस्य तथा तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थले सुर्ती जन्य पदार्थ नियन्त्रणका लागि नेपालमा लाखौं डलर खर्च भइसक्दा पनि र ९७ प्रतिशत युवालाई यसका हानीका विषयमा जानकारी हुँदा हुँदै पनि समाजलाई आक्रान्त बनाइ रहेकाले कानुन कार्यान्वयनमा सवै लागि पर्नुपर्ने बताए ।

सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि राज्य र दललाई दबाब दिन मार्ग तय गर्नुपर्ने र सुर्ती नियन्त्रणका लागि पार्टी र सरकारलाई दबाब दिन लागि पर्ने प्रतिवद्धता उनले जाहेर गरेका थिए । नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय कोषाध्यक्ष पाण्डब सुवालले सुर्ती नियन्त्रणमा शासन सत्तामा पुगेका राजनीतिक दलहरुले बेवास्त ागर्ने गरेको आरोप लगाए । स्थानीय निकायमा जनप्रतिनिधी नहुँदा सुर्ती नियन्त्रणमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय निकायले केही गर्न नसकेको बताए । आफ्नो संघ र पार्टीको विधानमा सुर्तीजन्य पदार्थलगायतका विकृति विसंगतिबाट टाढा राख्ने नीति रहेको जानकारी दिए ।

एकीकृत नेकपा माओवादी प्रतिनिधि तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुनील बासु गोथेले सुर्ती सेवन गर्नेलाई प्रत्येकले सामाजिक वहिष्कार गर्नु पर्ने र अप्रत्यक्ष रुपमा पनि संरक्षण गर्न नहुने धारणा राखे । आफ्नो संगठनले सुर्ती सेवनकर्तालाई कार्वाह ीगर्ने अठोट गरे ।

एमाले जिल्ला समिति सदस्य विष्णु सुवालले सुर्तीमा प्रगतिशील कर अपरिहार्य छ र आफ्नो संगठनले आजैबाट दबाब थाल्ने जानकारी दिए ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सुर्ती नियन्त्रणमा राजनैतिक दलको प्रतिवद्धता नआएसम्म नियन्त्रण गर्न कठिन हुने धारणा राखे ।

सुर्तीजन्य पदार्थलाई नियन्त्रण हुन नदिन सुर्ती उद्योगले नेता तथा मन्त्रीलाई विभिन्न बहानाामा विदेश भ्रमणमा लागि प्रभाव पारिरहेको जानकारी दिए । सोही कारणले गर्दा सुर्ती नियन्त्रण तथा नियमन ऐन आएको ३ वर्ष वितिसक्दा पनि सरकारी उदासिनता रहेको धारणा राखे ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य कृष्णप्रसाद धन्छाले विद्यालयको १०० मिटरसम्म धुम्रपान निषेधित क्षेत्र घोषणा भइसक्दा पनि वेचविखन भइरहेको र कम्पाउन्ड मात्र सुर्ती मुक्त क्षेत्र बन्न सकेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ