वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जेठसम्ममा १ खर्व १७ खर्व आन्तरिक राजश्व, लक्ष्यभन्दा ३ अर्व बढी उठ्यो

अर्थटुडे
२०७१ असार ६, शुक्रबार

काठमाडौं । आर्थिक वर्ष २०७०\०७१ को जेठसम्ममा सरकारले १ खर्व १७ अर्व ४२ करोड रुपैयाँ आन्तरिक राजश्व उठाएको छ । जेठसम्ममा १ खर्व १४ अर्व ५७ करोड राजश्व उठाउने लक्ष्य रहेकोमा २ अर्व ८५ करोड बढी असुली भएको आन्तरिक राजश्व विभागले जनाएको छ ।

शुक्रबार राजश्व कार्यालयमा भएको मासिक समिक्षा कार्यक्रममा गत आवभन्दा ११८ प्रतिशत राजश्व वृद्धी भएको जानकारी दिइयो । जेठसम्ममा आयकरबाट ६१ अर्व ६३ करोड, मूल्य अभिवृद्धि करबाट ३० अर्व ५७ करोड र अन्तःशुल्कबाट २४ अर्व ४० करोड असुली भएको विभागले जानकारी दिएको छ ।

समीक्षा वैठकमा महानिर्देशक श्री टंकमणि शर्माले लक्ष्यभन्दा बढी राजस्व असुल भएकोमा तत्काल सन्तोष भए पनि दीर्घकालमा राजस्व संरक्षणमा लाग्न सवै कर्मचारीलाई निर्देशन दिए । घर वहाल आय आर्जन गरी वहाल कर नबुझाउने व्यक्तिहरुलाई करको दायरामा ल्याउन यही असार ९, १० र ११ गते स्थायी लेखा नम्बर जारी गर्ने, करदाता शिक्षा प्रदान गर्ने, कर रकम तथा विवरण बुझ्ने लगायतका विविध कार्यक्रम सञ्चालन गरी कर शिविर संचालन गर्ने उनले बताए । कर शिविरको नारा ‘समयमै वहालकर तिरौं, दण्ड जरिवानाबाट बचौं’ भन्ने नारा रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ