वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुधीरको सम्पती छानविनका लागि आयोग बनाउन सरकारलाई अख्तियारको निर्देशन

अर्थटुडे
२०७१ असार ७, शनिबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुधीर बस्नेतमाथि छानवीन गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग निर्माण गर्न सरकारलाई आग्रह गरेको छ । कोहिनुर हिल हाउजिङग प्रालिका संचालक बस्नेतमाथि सर्वसाधारण र बैंक तथा वित्तिय संस्थाको ठूलो रकम अपचलन गरेको आरोप लाग्दै आएको छ ।

sudhir_basnetअख्तियारमा परेको उजुरीको आधारमा भएको अनुसन्धानकै आधारमा अख्तियारले त्यसको अनुुसन्धान गर्न नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडललाई पत्र लेखेर पठाउने निर्णय गरेको हो । जग्गा र घरका लागि  बुकिङ्ग गर्ने सर्वसाधारण, सहकारीका वचतकर्ताहरु एवं बैंक तथा वित्तीय संस्थाहरुको रकम सुरक्षित गर्नका लागि बस्नेतको सम्पूर्ण सम्पत्तिहरुको  व्यवस्थापन गरी समस्या समाधान गर्न सक्ने अधिकार आयोगलाई हुनुपर्ने समेत अख्तियारले भनेको छ।

सुधिर अध्यक्ष रहेको ओरेन्टल सहकारीमा पनि सर्वसाधारणको ४ अर्व रुपैयाँ फसेको छ । समस्याग्रस्त सहकारीको जाचबुझाका लागि गठित आयोगले पनि सम्पती व्यवस्थापन आयोग बनाउन सरकारलाई सुझाव दिएको थियो ।

घर जग्गाका लागि गरेको बैंक तथा वित्तीय संस्थाको लगानी जोखिममा पर्नुका साथै सो परियोजनाका बुकिङ्ग वापत रकम दिएका सर्वसाधरणको ठूलो रकम समेत जोखिममा परेको पनि आयोगको विज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ