वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप २ महिना एनसीसीमा राष्ट्र बैंक

अर्थटुडे
२०७१ असार ८, आईतवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको सञ्चालक समिति थप २ महिना नियन्त्रणमा लिने भएको छ । गत माघ २१ गते ६ महिनासम्मका लागि राष्ट्र बैंकले सो बैंक नियन्त्रणमा लिएको थियो । यस अवधिभित्र बैंक सुधारको काम पुरा नहुने भएपछि म्याद थपेको केन्द्रिय बैंकले जनाएको छ ।log of ncc bank
हाल एनसीसी बैंकमा राष्ट्र बैंकको तर्फबाट निर्देशक लक्ष्मी प्रपन्न निरौलाको संयोजकत्वमा उपनिर्देशक रमेश आचार्य र सहायक निर्देशक रेशमराज रेग्मी काजमा कार्यरत रहेका छन् । उनीहरुलाई ६ महिनाभित्र बैंकको सम्पत्ति तथा दायित्व मूल्याङकन (डिडिए) गराउने, पुँजी बृद्धि गरी २ अर्व पुर्याउने, खरावकर्जा उठाउनेलगायतका काम गरी ६ महिनाभित्र नया सञ्चालक समितिको चयन गराउने समेत जिम्वेवारी दिएको थियो । हाल बैंकको चुक्ता पुँजी एक अर्व ४७ करोड रहेको छ ।

टोलीले एनसीसीमा भएका समस्याहरुको समाधानका लागि समय कम हुने देखेपछि समयसिमा थप्न केन्द्रिय बैंकलाई आग्रह गरेको थियो । एनसीसी बैंकका तत्कालिन सञ्चालक निर्मल प्रधान र लक्ष्मीबहादुर श्रेष्ठविचको विवाद उत्कर्समा पुगेपछि विवाद समाधानार्थ राष्ट्र बैंकले बैंक सञ्चालक समिति नियन्त्रणमा लिएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ