वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआइसी एसियाको १४ शाखा पुनस्थापना

अर्थटुडे
२०७१ असार ८, आईतवार

काठमाडौं। एनआईसी एसिया बैंकले १४ शाखा सञ्चालनमा ल्याएको छ । काठमाण्डौं उपत्यकामा ४ र उपत्यका बाहिर १० वटा शाखाहरु आइतबारदेखि सञ्चालनमा ल्याएको हो ।

nic asiaबैंकले काठमाडौं उपत्यकाभित्र बालाजु, कपन, गोल्फुटार र लाजिम्पाटमा शाखा खोलेको छ भने मोफसलमा विराटचोक, दमौली, कोहलपुर, कलैया, मिर्चैया, चन्द्रगढी, हेटौंडा, वालिङ, भैरहवा, तुलसीपुर र कोहलपुरमा शाखा खोलेको हो।
बैंक अफ एसिया नेपाललाई आफूसँग गाभेपछि बैंकका १४ वटा शाखा कार्यालयहरु बन्द भएका थिए, ती शाखाहरुलाई बैंकले पुनः स्थापना गरेको जनाएको छ । बैंकको १४ शाखा पुन सञ्चालनमा आएपछि ६१ शाखा र ६६, एटिएम पुगेको छ । नयाँ शाखाहरुबाट बैंकले सबै किसिमको बैंकिङ सुविधा उपलब्ध गराउने जनाएको छ ।

 

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ